टंक कार्कीहिउँदको महिना सन् २००९ मा म चीनको कुइलिनमा थिएँ । मैले सूचना पाएँ, पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट भोलि विहान चीन भ्रमणको क्रममा ग्वान्जाओ आउँदै हुनुहुन्छ । म पेसागत कुटनीतिज्ञ थिइनँ । तैपनि म ठान्थें, शक्तिको पूजामा मात्रै लिप्त हुने र देशभित्रको राजनीतिक भिन्नतालाई दिमागमामा राखेर काम गर्नु कुशलता होइन । नैतिक मूल्यको प्रदर्शन पनि हो कुटनीति ।उनलाई स्वागत गर्न बेलुकै गाडीमा त्यतातिर हुँइकिएँ । विहान मिर्मिरेमा बल्ल एयरपोर्ट पुगेँ । नेपालबाट आएको एयर चाइनाको स्थिति बुझेँ, प्लेन आइसकेको रहेछ तर चेकिङ्ग भने भइनसकेको । मैले त्यही प्लेनको हत्त न पत्त टिकट काटेँ र चेकिङ्गतिर अघि बढेँ । अब मेरो नजर यताउता कीर्तिनिधि विष्टको खोजीमा ब्यग्र थिएँ ।
भारतीय विस्तारवाद'को विरोधमा हुर्केकासमेत लम्पसार परेको परिप्रेक्षमा उनको त्यो कदम लर्तरो कदापि होइन-एक स्वतन्त्र राष्ट्रको गरिमा प्रतिदानको रुपमा उनले हामीलाई छोडेर गएका छन् ।
अन्ततः एउटा कोठामा अरु दुई नेपाली साथीका साथमा कीर्तिनिधिलार्इ बसिरहेको देखेँ । फुरुङ्ग हुँदै भित्र पसेर नमस्कार गरेँ । आश्चर्यचकित हुँदै उनी उठेर, 'तपाई पनि यहाँ ?' भन्दै अंगालो हाले । म फगत तपाइँलाई नै स्वागत गर्न आएको भन्दै सारा बेलीबिस्तार लगाएँ । सायद उनलाई पत्याउन गाह्रो थियो । तैपनि नियति यही थियो ।एकैछिनमा चेकिङ्गको सूचना आयो र हामी त्यतैतिर लाग्यौँ । उनले हरियो पासपोर्ट गोजीबाट निकालेर सुरक्षा अधिकारीलाई देखाए । क्रस बनाएर तिनले जाँच गरे, मेरो रातो पासपोर्ट भए पनि। बिना झन्झट भित्र छिर्न दिए । जाँच भइरहेको बेलामा संकोचसहित ट्वाल्ल परेर हेरेको देखेर होला जाँचकै क्रममा उनले भने, 'म अब राजकीय अधिकारी होइन र हुनु पनि छैन । मैले साधारण नागरिकसरह जिउनु पर्छ । मलाई पनि रातो पासपोर्ट दिन्थे होलान्, तर मैले त्यो आशक्ति देखाइनँ ।' उनको यो जीवन मूल्य, तामासशुन्य जीवन मेरो दिमागमा उपस्थित अन्य नेताभन्दा आनका तान भिन्न थियो ।[caption id="attachment_1119" align="alignleft" width="360"]
लेखक[/caption]मेरो उनीसँगको यो दोश्रो भेट थियो । राजदुत भएर बेइजिङ जानुअघि म उनका सुझाव र सल्लाह लिन पहिलो पल्ट उनको निवासमा पुगेको थिएँ । भेट्नुअघि मैले 'पञ्च नेता'को जुन शान शौकात सोचेको थिएँ, सब उल्टो, सामान्य र मध्यम वर्गीय परिवार । ठ्याक्कै लोकेन्द्रबहादुर चन्दको जस्तै भन्न मिल्ने। चन्द जब बोल्छन्, लाग्छ, अर्को पक्षलाई आग्रह गरिरहेका हुन्छन्, छालको आवाज भन्दा उँचो स्वरले बोल्नु हुँदैन, किन भने त्यसको मोहकता भंग हुन्छ भन्थे उनी । विष्ट भिन्न थिए, जब उनी बोल्थे, आगो ओकलिरहेका हुन्थे । विद्रोही उनी ।भेट्नुअघि विष्टका ममा दुईवटा प्रभाव थिए । नेपालबाट भारतीय सैनिक चेक पोष्ट हटाउन उनले स्तुत्य अग्रसरता देखाएका थिए । 'भारतीय विस्तारवाद'को विरोधमा हुर्केकासमेत लम्पसार परेको परिप्रेक्षमा उनको त्यो कदम लर्तरो कदापि होइन-एक स्वतन्त्र राष्ट्रको गरिमा प्रतिदानको रुपमा उनले हामीलाई छोडेर गएका छन् । अर्को कुरा, २०३० सालमा सिंह दरवारमा आगजनी हुँदा उनले नैतिकताको आधारमा राजीनामा दिए । त्यो घटना स्मरण गर्दै उनले मलाई बताएका थिए, 'राजाले फिर्ता लिन भन्दै भनेका थिए, 'तिम्रो के दोष र ?' तर मैले मानिन।' लालची राजनीतिक दुनियाँमा यो निस्प्रियता आफैँमा लरतरो कुरो हो र ?विहानको ११.३० तिर हामी बेइजिङ्ग अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लियौँ। त्यहाँ उनलाई लिन न कुनै चिनिया थिए न त आफन्त नै । हामी सँगै निस्क्यौँ र मैले उनलाई दूतावास नजिकै उनका नातिकहाँ छोडी दिएँ । भोलिपल्ट उनलाई सियान जानुथियो । मैले आफैँ गएर एयरपोर्टसम्म छोडेँ र पछि लिन पनि पुगेँ ।
'म अब राजकीय अधिकारी होइन र हुनु पनि छैन । मैले साधारण नागरिकसरह जिउनु पर्छ । मलाई पनि रातो पासपोर्ट दिन्थे होलान्, तर मैले त्यो आशक्ति देखाइनँ ।'
सियानाबाट फर्केपछि चिनिया जन राजनीतिक परामर्शदात्री सभा (माथिल्लो सदन) का उपाध्यक्षले उनको सम्मानमा रात्रिभोजका लागि निम्ता दिए । हामी दुईजना थियौं । उनले मित्रता खातिर आफ्नो मुलुकलाई विना हिचकिचावट दिल फुकाएर सहयोग गर्न जुन लवज र साहसका साथ कुरा गरे त्यो साहस 'औपचारिकता' भित्र हुनै सक्दैन । राष्ट्रप्रतिको अगाध प्रेमले उनमा त्यो साहस आएको हुन सक्छ । उनको देश भक्तिप्रति मैले आफ्नो शिर निहुर्याएको छु ।आज ती प्रतिवद्ध देशभक्त हामी सबैबाट सदाका निम्ति विदा भएका छन् । यो रिक्तता आफैमा अपुरणीय हो । भावपूर्ण श्रद्धान्जली कीर्तिनिधि विष्टज्यू ! राष्ट्रको हित खातिर तपाइँले लाउनुभएको गुणलाई नेपाली र नेपाल राष्ट्रले कहिल्यै बिर्सने छैन ।
लेखक चीनका लागि पूर्वनेपाली राजदूत हुन्