सात वर्ष साउदी बसेकी सुनिताको कमाई: मानसिक रोग !

झापा । वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर आउँछन्, त कोही रोगी शरीर लिएर आउँछन् । त्यतिमात्रै होइन कोही कोही त अकालमा ज्यान गुमाएर बाकसमा फर्किन्छन् ।

यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अरब पुगेकी झापाको बिर्तामोड नगरपालिका–८ गरामनीकी ४० वर्षीया सुनिता गामी मानसिक रोगी भएर फर्किएकी छन् । सात वर्षअघि घरेलु कामदारका रुपमा भारतीय बाटो हुँदै साउदी पुगेकी सुनिता गत वैशाखमा नेपाल फर्किएकी हुन् ।

घरमालिकको शारीरिक र मानसिक यातनाले हाल उनी विक्षिप्त अवस्थामा रहेकी छन् । स्थानीय मंगलु राजवंशीले सम्पर्क गराएपछि झापा धाइजनका अभिषेक धिमालले सुनितालाई भारतको बाटो हुँदै साउदी पठाएको श्रीमान् नारायण गामीले जानकारी दिनुभयो । ‘साउदी पुगेको एक महिनापछि सुनिताले फोन गरेकी थिइ’, नारायणले भन्नुभयो, ‘त्यसयता सम्पर्क हुन सकेन।’ सुनितालाई साउदी पठाउने धिमाल हाल सम्पर्कविहीन छन् ।

सात वर्षपछि सदस्य घर फर्किंदा खुसी भए पनि सुनिताको अवस्थाले परिवार चिन्तामा छ । हाल सुनिताको उपचार भइरहेको उहाँले बताउनुभयो । मासिक १४ हजार पारिश्रमिक पाउने शर्तमा साउदी पुगेकी सुनिताले गएको चार महिनापछि ५० हजार पठाएकी थिइन् । त्यो रकम उनले आफ्नो देवर प्रमोदको नाममा पठाएकी थिइन् । त्यसपछि कुनै रकम नपठाएको परिवारले जनाएको छ ।

तर, उद्धार गरी नेपाल फर्किएपछि सुनिताको तलबबापतको १० लाख पाएको श्रीमान् नारायणले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सोही रकमले श्रीमतीको उपचार गरिरहेकी छु ।’ उनले दोषीलाई कारबाहीको माग गर्दै न्यायका लागि अपिलसमेत गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बागलुङ । गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले…

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै…

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…