भारतविरुद्धको जीतका नायक दीपेन्द्रसिंह ऐरी, यस्तो छ क्रिकेट यात्रा

काठमाडौँ । क्रिकेटको ‘वादशाह’ भारतमाथि इतिहासमै पहिलो जीत निकाल्ने क्रममा कप्तान दीपेन्द्र सिंह ऐरी नायक बनेका छन् ।

अलराउन्डर प्रदर्शन गरेका दीपेन्द्रको प्रेरणामा नेपालले मलेसियामा जारी एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको समूह चराणको आइतबारको खेलमा भारतमाथि १९ रनको जीत दर्ता गराएको हो ।

भारतविरुद्ध सनसनीपूर्ण जीत दर्ता गराउने क्रममा ऐरीको प्रदर्शन ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट रह्यो । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा दीपेन्द्र अब्बल मानिन्छन् ।

दीपेन्द्रले चर्चित क्रिकेट राहुल द्रबिडको प्रशिक्षणमा रहेको भारती टोलीलाई पराजित गर्ने क्रममा १० ओभर बलिङ गर्दै २ मेडन दिँदै ३९ रन खर्चेर ४ विकेट लिन सफल भएका छन् । उनले किफायती बलिङ गर्दै भारतीय खेलाडीलाई ३ चौका र २ छक्का मात्रै हान्ने अवसर दिएका थिए ।

ब्याटिङतर्फ पनि दीपेन्द्र चम्किए । उनले १०१ बलको सामना गर्दै टिमका लागि सर्वाधिक ८८ रन जोडे । दीपेन्द्रले आफ्नो पारीमा ६ चौका र २ छक्का पनि प्रहार गरेका थिए ।

८८ रन बनाएको अवस्थामा दीपेन्द्र मन्दिप सिंहको बलिङमा टनुस कोटियानबाट क्याच आउट भए । दीपेन्द्रलाई यसअघि नेपाल क्रिकेट एशोसियसन क्यानले यू–१९ विश्वकप छनोट खेलका लागि कप्तानको जिम्मेवारी पनि दिएको थियो ।

को हुन् दीपेन्द्र

नेपालका लागि ऐतिहासिक जीत दिलाएका दीपेन्द्रले विश्व क्रिकेट लिग अन्तर्गत २०७३ फागुनमा टियु क्रिकेट मैदानमा केन्याविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

कन्चनपुरमा जन्मिएका उनले त्यो बेला भनेका थिए, ‘राष्ट्रिय टोलीमा देखिएको ब्याटिङको समस्या समाधानमा केन्द्रित हुनेछु ।’ आज भारतविरुद्धको खेलमा उनले त्यही कुरालाई सिद्ध गरिदिए ।

डेब्यु खेलमा बोलेको कुरा प्रमाणित गर्दै दीपेन्द्रले नेपाली टोलीका लागि सर्वाधिक रन बनाइसकेका छन् । डेब्यु भएकै वर्ष दीपेन्द्रले राष्ट्रिय टोलीका लागि ३ सय ५७ रन बनाएका थिए । उनले त्यस क्रममा ४ अर्धशतक समेत बनाए । त्यसमा सिनियर राष्ट्रिय टोलीबाट ५ खेलमा ३ अर्धशतकसहित २ सय ११ रन बनाएका थिए ।

उनको यही यही प्रदर्शनबाट उत्कृष्ट खेलाडीका रुपमा पल्सर स्पोर्टस अवार्डको २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका थिए । २०७३ साल सालमा उत्कष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई उनीहरुको उपलब्धिका पिपल्स च्वाइस अवार्ड दिने गरिएको थियो ।

२०७३ फागुन २८ गते राष्ट्रिय टोलीमा डेब्यु गरेका दीपेन्द्रले पहिलो खेलमै छाप छाडेका थिए । नियमित कप्तान पारस खड्का विरामी भएपछि उनको स्थानमा चौथो नम्बरमा दीपेन्द्र मैदान छिरेका थिए ।

केन्याका पेस बलरका सामु दीपेन्द्रले उत्कृष्ट खेलेपछि राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले उनलाई नेपाली टोलीको भविष्य भएको टिप्पणी गरेका थिए ।

तीन वर्षअघि कुवेतमा भएको एसिसी यू–१९ प्रिमियरदेखि अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेका उनी एक वर्षअघि श्रीलंकामा भएको युथ एसिया कपदेखि चर्चामा आएका हुन् । त्यस प्रतियोगिताको ३ खेलमा उनले १ सय ४६ रन जोडेका थिए ।

दीपेन्द्रले उत्कृष्ट पारी खेल्दै ९० रन जोडेको यो खेलमा आयोजक श्रीलंकलाई १ रनको झिनो अन्तरले खेल सुम्पिन बाध्य भएको थियो ।

यो प्रतियोगितामा नेपाल जित नजिक भएको अवस्थामा अघिल्लो बलमा छक्का हानेका दीपेन्द्र ३ बल बाँकी हुँदा एलबिडब्लु धरापमा परे । त्यसबेला जीतका लागि नेपाललाई केबल १ रनको जरुरी थियो । त्यसबेला श्रीलंकलाई खेल सुम्पिनुपर्दा दीपेन्द्र स्तब्ध बनेका थिए ।

त्यसपछि, पूर्वाञ्चलमा पुस ८ देखि १५ सम्म सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटतर्फ दीपेन्द्रले नेपाल पुलिस क्लवको प्रतिनिधित्व गरेका थिए । टी–ट्वान्टी फर्म्याटको खेलमा दीपेन्द्र दुई खेलमा नटआउट रहँदै जम्मा ५ खेलमा ८३ रन जोडे । १७ ओभर बलिङ गरेका उनले ४ विकेट लिएका थिए ।

गत महिना सम्पन्न दोस्रो रुस्लान कपमा दीपेन्द्रको अलराउण्ड प्रदर्शनले पुलिस च्याम्पियन बन्यो । युथ एसिया कप, सातौं राष्ट्रिय खेलकुद हुँदै रुस्लान कपमा उत्कृष्ट लयमा रहेका दीपेन्द्र राष्ट्रिय टोलीका भरपर्दा भविष्यका स्टार खेलाडी मानिन्छन् ।

कन्चनपुरको महेन्द्रनगरमा हुर्किएका दीपेन्द्रका परिवार नै क्रिकेटमा सक्रिय छन् । दीपेन्द्रका दाजु प्रदीप ऐरी पनि क्रिकेटका राष्ट्रिय खेलाडी हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…

काठमाडौं । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली…

काठमाडौं । हनुमानढोका दरबारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङको छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । गोरखाबाट ल्याएको…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको छैटौं दिन आश्विनशुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको…

मितिः २०७५ असोज २९ गते सोमबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गित ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः…