नाबालक छोराको जीवन बचाइदिन गुहार माग्दै बिरामी आमा

रोजेन्द्र जोशी

डेटी । लामो समयदेखि एचआईभीबाट संक्रमित डोटीको पुर्वीचौकी गाँउपालिका–६ गाँजरी बासकोट निवासी चनरी भण्डारी छोराको जीवन बचाउन गुहार माग्दै गाँउ–गाँउ धाउन बाध्य भएकी छन् ।

भारतमा चौकीदारीको काम गर्ने उनका पतिको एचआईभीका कारण दुई वर्ष अघि मृत्यु भइसकेको छ । नौ सन्तानलाई जन्म दिएकी ४० वर्षीया चनरीका ५ सन्तानको विभिन्न कारणले मृत्यु भइसकेको छ ।

एक छोरीको विवाह भइसकेको छ । अहिले घरमा उनीसँग साना दुई नानी तथा ३ वर्षीय छोरा कर्णमात्रै छन् । पिशाव नलीमा समस्या भए कर्ण गम्भीर बिरामी परेका छन् । उनको उपचारका लागि करिब ५ लाख खर्च हुने जानकारी स्वास्थ्यकर्मीले दिएपछि उनी छोराको जीवनरक्षाका लागि सहयोग माग्दै हिँडिरहेकी छन् ।

यो पनि पढ्नुस्ः एमाले उम्मेदवार प्रेम आले भन्छन्ः मतदातालाई पैसा बाँडेको छैन

३ वर्षीय कर्णसहित उनीसँग रहेका दुवै छोरीहरुमा एचआईभी छैन । पतिसँगको शारीरिक सम्बन्धबाट उनलाई एचआईभी संक्रमण भएको हो । एचआईभी संक्रमण भएको थाहा पाएपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार उनले लामो समयदेखि एआरटी औषधिको खाँदै आएकी छन् ।

नेता आलेमगरले पैसा दिँदै गरेको चनरीको फोटो समेत भइरल भएपछि उनलाई रकम दिन इच्छुक रहेका मानिसहरु निर्वाचन आचारसंहिता भन्दै रकम दिन अनकनाइरहेको उनले बताएकी छन् ।

आर्थिक अवस्था दयनीय रहेकी भण्डारीको आम्दानीको एक मात्र श्रोता ज्यामी पेशा हो । ज्यामी काम पाएका दिनमा उनको घरमा चुल्हो बल्छ, नत्र कयौँ रात उनले छोराछोरीसँगै खाली पेट सुत्नु परेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटी र पुर्वीचौकी गाँउपालिकाले सहयोग गरिदिन दिएको सिफारिस हातमा च्याप्दै ३ वर्षीया छोरालाई पिठ्युमा बोकेर उनी सदरमुकामका पसलमा धाइरहेकी छन् । छोराको जीवन बचाउन बिलौना गर्दै आर्थिक संकलनमा जुटेकी भण्डारीले अहिलेसम्म करिब ५० हजार रुपैयाँ जुटाएकी छन् ।

डोटीबाट प्रतिनिधिसभाको निर्वाचनका लागि वाम गठबन्धनबाट उम्मेदवारी दिएका प्रेम आलेमगरले भोटका लागि पैसा बाँडे भन्ने समाचार सामाजिक सञ्जाल र अनलाइनमाआएपछि उनी दुःखी छिन् ।

नेता आलेमगरले पैसा दिँदै गरेको चनरीको फोटो समेत भइरल भएपछि उनलाई रकम दिन इच्छुक रहेका मानिसहरु निर्वाचन आचारसंहिता भन्दै रकम दिन अनकनाइरहेको उनले बताएकी छन् ।

गत कात्तिक २१ गते ‘मतका लागि पैसा बाँड्दै उम्मेदवार’ शीर्षकको समाचार भाइरल भएका बेला उनकै फोटो समावेश थियो । त्यो फोटोमा यिनै महिलाले हातमा सिफारिस पत्र र पैसा समातिराखेकी थिइन् । उनलाई सहयोग गर्न चहानेहरुले पुर्वीचौकी गाँउपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

नाबालक छोराको उपचारका लागि चनरा भण्डारीलार्इ सहयोग गर्दै डोटीबाट वाम गठबन्धनका उम्मेदवार प्रेम आले मगर

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…