ओलम्पिया वर्ल्ड स्कुलमा अभया एन्ड द स्टिम एन्जन्सको रक पप

काठमाडौं । नेपालको चर्चित रकपप व्याण्ड ‘अभया एन्ड द स्टिम एन्जन्स’ले राजधानीको बबरमहलमा रहेको ओलम्पिया वल्र्ड स्कुलमा भएको ‘ओलम्पिया फेट(मेला)’मा सांगीतिक प्रस्तुति दिएको छ ।

अमेरिकाको सात शहरमा सांगीतिक प्रस्तुति दिएर केही समय अघि नेपाल फर्किएको व्याण्डले विद्यालयका बालबालिकालाई आफ्ना गीत सुनाएको हो । अभयाका अनुसार व्याण्डले अमेरिकाका सिनसिनती, सेन्ट लोस, एटलान्टा, बोस्टन, न्यूर्योक, वासिङ्टन डिसी र बाल्टिमोरमा आफ्नो कन्सर्ट गरेको थियो ।

स्कुलको सातौं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा व्याण्डले आफ्नो गीतमार्फत बालबालिका, शिक्षकशिक्षिका तथा अभिभावकलाई सांगीतिक माहौलमा झुमायो । ‘नारीको सम्मान’ नारा दिइएर गरिएको कार्यक्रममा अभयाले ‘हामी सबै नेपाली’, ‘नैनीताल मास अप’, ‘लुकिङ फर लभ’, ‘रमाउन देऊ’, ‘तिम्रो लागि’, यो मेरो घर’, ‘बादल’ गीत प्रस्तुत गरेकी थिइन् ।

अभयाले नारीप्रति समर्पण गर्दै मेला आयोजना गरेकोमा खुशी व्यक्त गरिन् । ‘अहिलेको प्रविधिको युगमा पनि महिलाहरु प्रति हेर्ने दृष्टिकोण पुरानै छ । यस्तो बेलामा एउटा विद्यालयले नारीको सम्मानका लागि कार्यक्रम गर्नु आफैमा सकारात्मक र सराहनीय काम हो,’अभयाले भनिन्,‘आजको कार्यक्रम मेरा लागि पनि एउटा सुखद अवसर बन्यो ।’

मेलाको उद्घाटन महिला जुडो खेलाडी तथा ओलम्पियन फुपु ल्हामु खत्रीले गरेकी थिइन् । मेलामा हर्स राइडिङ, फेस पेन्टिङ, खेलकुद लगायत मनोरञ्जनका विभिन्न गतिविधि रहेको मेलामा विशेष बालबालिकाहरु निकै रमाएका थिए । मेलामा राखिएका विभिन्न स्वादका परिकारमा रमाएका दर्शकहरु सांगीतिक माहौलमा झनै खुशी देखिएका थिए । कार्यक्रमको व्यवस्थापन पोजिटिभ भाइब्सले गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…