डोटीमा मन्त्री र पूर्वसांसदबीच कडा प्रतिस्पर्धा, को कति बलियो ?

रोजेन्द्र जोशी

डोटी । आगामी मंसिर २१ गते गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक क्षेत्र रहेको डोटीमा केन्द्रीय सभाका लागि मन्त्री र निवर्तमान सांसदबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागी एक क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा भौतिक योजना निर्माण तथा यातायात मन्त्री वीरबहादुर बलायर र वाम गठवन्धनकबाट नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा निवर्तमान सांसद प्रेम आलेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बलायर र आले दुवै पराजित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा बलायरले तत्कालीन डोटी निर्वाचन क्षेत्र नं. १ र आलेले क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए ।डोटेलीहरुबीच दुवै नेता प्रिय छन् । डोटीमा दुवै विकासबादी नेताका रुपमा परिचित पनि छन् ।

दुवै मिल्दाजुल्दा, एजेन्डा एउटै

दुवै नेताका धेरै कुरा मिल्दाजुल्दा छन् । दुवै नेताको राजनितिक धरातल कांग्रेस नै हो । २०५३ सालमा कांग्रेस छाडेर आले एमालेमा प्रवेश गरेका थिए दुवैजना पार्टीका केन्द्रीय कमिटीमा छन् ।

केपी शर्माओली प्रधानमन्त्री हुँदा आले मन्त्री हुने चर्चा चलेर मन्त्रीका लागि नाम समेत सिफारिस भएका थिए भने बलायर मन्त्री नै छन् । राज्य पुनर्संरचनाका क्रममा दुवै नेताले कैलालीमा बसी अखण्ड सुदूपश्चिमका लागि भएको आन्दोलनको नेतृत्व गरेका थिए । अहिलेको दुवैको प्रमुख चुनावी एजेन्डा भनेको प्रदेश नं. ७ को राजधानी डोटी बनाउने छ ।

सडक प्राथमिकतामा

पदमा हुँदा वा नहुँदा दुवैले डोटीको विकासलाई सडकसग जोडेका छन् । उनीहरुले आफ्नो कार्यकालमा ग्रामिण सड्कलाई विशेष प्राथमिकतामा राखी विकासको काम गरेका छन् । यति धेरै कुराहरु मिल्ने भए पनि आले पदमा हुँदा पनि गृहजिल्ला पटकपटक आएका थिए । तर मन्त्री बलायर थोरै समय मात्रै जिल्ला आएको आरोप छ ।

कांग्रेस भन्दा वाम बलियो

डोटीमा कसले बाजी मार्छ भन्न सक्ने अवस्था छैन । तर, गत १४ असारमा सम्पन्न स्थानीय तहको मतपरिणामको आधारमा भने वाम गठबन्धन कांग्रेस भन्दा बलियो छ । जिल्लामा रहेका पाँच गाउँपालिका र दुई नगरपालिकामध्ये एमालेले एक नगरपालिका र चार गाउँपालिकासहितर पाँच स्थानीय तहमा विजयी हुँदा डोटीको पहिलो दल बनेको थियो ।

त्यस्तै नेपाली कांग्रेसले एक नगरपालिका र दुई गाँउपालिमा विजयी भएको थियो भने एमाओवादीले एक गाँउपालिका जितेको थियो । नौ स्थानीय तहमध्ये वाम दल ६ र कांग्रेस ३ तहमा विजयी भएका थिए ।

यस्तो थियो मतको अवस्था

स्थानीय चुनावमा जिल्लाका एक लाख एक हजार १६ मतदातामध्ये ७१ हजार आठ सय ९८ अर्थात् करिब ७१ प्रतिशत मतदान भएको थियो । यसलाई केलाउँदा कांग्रेसले २८ हजार पाँच सय ४२ मत पाएको थियो ।

एमालेको पक्षमा २७ हजार आठ सय ८९ मत खसेको थियो भने माओवादी केन्द्रलाई सात हजार आठ सय ६३ मत आएको थियो । एमाले र माओवादीको मत जोड्दा ३५ हजार सात सय ५२ मत हुन आउँछ । जुन कांग्रेसको भन्दा सात हजार दुई सय १० ले बढी देखिन्छ ।

अहिले चुनावी अभियानमा लागेका दुवै नेताहरुले आ–आफ्नो जीत निश्चित भएको दाबी मात्र गरिरहेका छन् । वाम गठबन्धनले १० देखि १२ हजार मतले पछार्ने बताएका छन् । कांग्रेसले ८ देखि १० हजार मतले विजयी हुने दाबी गरिरहेको छ । स्थानीय युवाहरुले सामाजिक सञ्जलमार्फत गरेका सर्वेक्षणमा भने आले केही बलियो देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…

काठमाडौँ । मोदनाथ प्रश्रित, वरिष्ठ साहित्यकार । समाज परिवर्तनका लागि निरन्तर लेखिरहेका व्यक्तित्व । जसको कृति ‘मानव’ले २०२३ सालमै पायो…

काठमाडौँ । हेटौँडा काठमाडौँ सुरुङ मार्गमा वैदेशिक लगानी ल्याइदिने भन्दै नेपाल पूर्वाधार विकास कम्पनीसँग नजिकिएका सुरज सुब्बा नेपालमा छैनन् ।…

बर्दिया । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको…

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो ६ घण्टा यातायात सञ्चालनमा रोक लगाइने भएको छ । सडक विस्तारका लागि माघ १३ गतेदेखि…

काठमाडौँ । नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल शशीले स्थायी सरकार नभएकाले सञ्चार क्षेत्रमा भएका निर्णय कार्यान्वयन हुन नसकेको बताएका…