नेप्सेसँगै करोबार रकममा उल्लेख्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशमलव ७४ अंकले बढेर परिसूचक १ हजार ४ सय ९० दशमलव ८८ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ४७ अंंकले बढेर ३ सय १४ विन्दुमा पुगेको छ । सोमबार १ सय ५८ कम्पनीको १७ लाख ३० हजार ५ सय ७२ कित्ता सेयर ७१ करोड ४६ लाख ५७ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सेयर कारोबारमा सबै भन्दा बढी जलविद्यूत समूहको परिसूचक ७५ दशमलव ३१ अंकले बढेको छ भने बैंकिङ समूहको १० दशमलव ९१, वित्त १०, बिमा १४ दशमलव ९, उत्पादन तथा प्रशोधन १२ दशमलव ८, अन्य १८ दशमलव ५१ र माइक्रोफाइनान्सको परिसूचक १० दशमलव ९९ अंकले बढेको छ ।

यस्तै होटेल समूहको १२ र विकास बैंक समूहको परिसूचक २ दशमलव ३ अंकले घटेको छ । सोमबार गुँरास लाईफ इन्स्योरेन्सको ११ करोड २४ लाख, प्रभू बैंकको प्रमोटर सेयर ५ करोड ७३ लाख र चिलिमे हाइड्रोपावर कम्पनीको ३ करोड २४ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य…

काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका…

बालकृष्ण सुवेदी बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण प्रक्रिया सुरु भएको बताएका…

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि देशको राजनीतिमा नयाँ तरंग आएको छ । सत्ता साझेदार…

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि आफैँ प्रधानमन्त्री हुने दावी गरेका छन् । कैलालीको धनगढीमा विहीवार…