यसरी हुँदैछ दार्चुलामा चुनावी प्रतिस्पर्धा, वाम बलियो कि कांग्रेस ?

लोकेन्द्र प्रशाद जोशी

दार्चुला । निर्वाचन मिति नजिकिँदै गर्दा यहाँका राजनीतिक दलहरुले प्रचारप्रसारलााई तीब्र बनाएका छन् । चुनावी प्रचारसँगै कुन क्षेत्रमा कति मत आउँछ भन्ने कुराको अंकगणितीय खेल पनि दलहरुले सुरु गरेका छन् ।

विगतदेखिको जनमत, उम्मेदवारको व्यक्तित्व, संगठन र कामको प्रभावका आधारमा जनताले आफ्नो पक्षमा कति मत देलान भन्ने अड्कलबाजी प्रमुख प्रतिस्पर्धी दलहरुले गरिरहेका हुन् ।

संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा पालैपालो विजयी नेकपा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएकाले जीत सुनिश्चित रहेको दाबी गरिरहेका छन् ।

स्थानीय तहले कांग्रेस उत्साहित

स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम र संगठन बलियो भएकाले आफुहरुको जीत हुने दावी गरेको छ ।

वाम गठबन्धनका उम्मेदबारसँग पहिलो र दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा पराजय भोगेका कांग्रेका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू समानुपातिकमा बसेपछि कांग्रेसमा केही चिसो पसेको छ ।

हार्ने डरले बडू पछि हटे

जिल्लाबाट प्रतक्षमा सिफारिस भएर पनि बडू समानुपातिकमा बसेपछि गठबन्धनसँग हार्ने डरले चुनावी मैदान छाडेको आकलन भइरहेको भइरहेको छ ।

यद्यपि नेता बडुले युवा नेतृत्वलाई स्थान दिन आफू समानुपातिकमा बसेको तर्क गरिरहेका छन् । अहिले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्याका लागि दार्चुमा ३५ वर्षदेखि राजनीतिमा सक्रिय नेता विक्रमसिंह धामी उम्मेदबार बनेर गठबन्धनलाई चुनौति दिँदैछन् ।

ठगुन्ना इतिहास रच्ने दाउमा

दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन प्रवक्ता दिलेन्द्रप्रसाद बडूलाई पराजित गरेका एमाले केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना लगातार दोस्रोपटक चुनाव जितेर इतिहास रच्ने दौडमा छन् ।

२०४८ देखि हालसम्मका निर्वाचनमा दार्चुला जिल्लामा अहिलेसम्म लगातार दोस्रो पटक जितेको इतिहास कसैले बनाउन सकेका छैनन् ।

२०७० को संविधानसभा निर्वाचनमा कडा प्रतिस्पर्धामा विजयी बनेका एमाले नेता ठगुन्ना यसपटक पनि चुनाव जितेर इतिहास रच्ने विश्वासमा छन् ।

२०४८ मा दुईवटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू र राप्रपाका प्रचण्डबहादुर सिंह निर्वाचित भएका थिए ।

२०५१ देखि हालसम्मका निर्वाचनमा भने दार्चुलामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । २०५१ को मध्यावधि निर्वाचनमा बहालवाला सहायक मन्त्री दिलेन्द्रप्रसाद बडूलाई चार हजारभन्दा बढी मतान्तरले हराउँदै एमालेका तत्कालीन केन्द्रीय सदस्य प्रेमसिंह धामी विजयी बनेका थिए । एमाले नेता धामीको २०५४ मा जीप दुर्घटनमा निधन भयो ।

राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर एमाले नेता धामी २०५१ को मध्यावधि निर्वाचनमा उत्रिएका थिए । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी बनेका थिए । एमाले नेता धामीको २०५४ मा जीप दुर्घटनामा निधन एमाले विभाजित भएपछि कांग्रेस नेता बडूलाई २०५६ को चुनाव जित्न सहज भएको थियो ।

२०६४ मा माओवादी २०७० मा एमाले

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका लक्ष्मणदत्त जोशीले फराकिलो मतान्तरले विजय हासिल गरे ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने एमाले उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी भए । प्रभावशाली नेता बडू प्रतक्ष्य निर्वाचन हारेर पनि कांग्रेसको केन्द्रीय राजनीतिमा आफूलाई स्थापित गराउन सफल भए । तर नेता बडूले यो पटक भने समानुपातिक उम्मेदवार बनेर सुरक्षित अवतरण गर्न खोजेका छन् ।

२०४८ देखि २०७० सम्मका ५ वटा निर्वाचनमध्ये कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले दुईपटक जिते पनि लगातार जित्न नसकेको इतिहास छ । यसपटक वाम गठबन्धन बनेपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बडूले प्रतिनिधिसभामा समानुपातिकको यात्रा तय गरेका छन् ।

केन्द्रमा कोइराला परिवारका नजिकका बडूलाई समानुपातिक उम्मेदवार बनाएर देउवानिकटलाई प्रत्यक्षको टिकट दिइएकाले कांग्रेस कार्यकर्ता पनि निराश भएको उनीहरु नै बताउँछन् ।

यस्तो छ स्थानीय तहको नतिजा

दार्चुलामा ७ गाउँपालिका र २ नगरपालिकासहित जम्मा ९ स्थानीय तह रहेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २ नगरपालिकासहित ५, एमालेले ३ र माओवादी केन्द्रले १ स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएका छन् ।

स्थानीय तहमा पाएको मतको आधार हेर्ने हो भने पनि गठबन्धन ८ हजार बढी भोटले अगाडि छ । स्थानीय स्थानीय तहमा पालिका प्रमुखहरुले पाएको मत नेपाली कांग्रेसको २१ हजार ७ सय ६८, एमालेको २० हजार ४ सय ४५ र माओवादी केन्द्रको १० हजार ४२ मत देखिन्छन् । यसरी हेर्दा स्थानीय तह नतिजामा समेत वाम गठबन्धन कांग्रेभन्दा बलियो देखिएको छ ।

कसले गाड्ला जीतको झन्डा दार्चुलामा ?

स्थानीय तहको निर्वाचनमा कमजोर नतिजा भोगेको एमाले र एमाले नेता गणेशसिंह ठगुन्नाका लागि वाम गठबन्धन महत्वपूर्ण औजार बन्न पुगेको छ ।

कांग्रेससँगको एक्ला–एक्लै प्रतिस्पर्धामा पछाडि पर्ने आकलन गरिएको दार्चुलाको एमालेलाई माओवादी केन्द्रको मतले हौस्याएको छ ।

स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित बनेका कांग्रेस नेता एवम् पूर्वराज्यमन्त्री बडूले वामगठन्धन बनेसँगै आफ्नो चुनावी यात्रा मोडेका हुन् ।

कांग्रेसका प्रभावशाली नेता बडूले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन छोडेपछि एमाले र एमाले केन्द्रीय सदस्य गणेशसिह ठगुन्नाले राहत र सजिलो महसुस गरेका छन् । उनीहरुले कांग्रेस उम्मेदबारसँग दोब्बर मतान्तरले विजयी हुने दावी गरिरहेका छन । गठबन्धनले एमालेका साथै माओवादीसमेत उत्साहित बनाएको छ ।

प्रदेश सभामा को को उम्मेदवार ?

दार्चुलामा दुईमध्ये एउटा प्रदेशसभामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मानबहादुर धामी सन्तोष उम्मेदवार बनेका छन् ।

एउटा निर्वाचन क्षेत्रमा एमालेका गेल्बुसिंह बोहरा उम्मेदवार छन् । उता कांग्रेसले भने संगठनको बलमा वाम गठबन्धलाई ‘ध्वस्त पार्ने मिसाइल’ आफुहरुसँग रहेकाले जीत निश्चित हुने दावी गरिरहेको छ ।

निवर्तमान सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना र कांग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बिक्रम सिंह धामीबीच मुख्य प्रतिस्पर्धा हुने अवस्था छ । तर कसले नतिजा आफ्नो तर्फ पार्ला त्यो भने मंसिर २१ गतेपछि आउने परिणामबाटै थाहा हुनेछ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बागलुङ । गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले…

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै…

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…