एमाले उम्मेदवार योगेशबारे ताप्लेजुङ कांग्रेसको यस्तो निचोड

काठमाडौँ । ताप्लेजुङमा एमाले सचिव तथा बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभाका उमेदवार योगेश भट्टराईलाई निर्वाचनमा पराजित गर्न नसकिने निष्कर्श नेपाली कांग्रेसले निकालेको छ ।

कांग्रेस नेता तथा कार्यकर्ताहरुले आफ्ना विभिन्न बैठकमा योगेशलाई जित्नै नसकिने अवस्था रहेको तथ्य र निश्कर्ष सुनाइरहेका छन् । जिल्लाका अगुवा कांग्रेस नेताहरुको आइतबार र सोमबार भएका विभिन्न गोप्य छलफल र बैठकमा योगेशले सात हजार बढी मतले जित्ने निश्कर्ष निकालेका छन् ।

बैठकमा सहभागी एक कांग्रेस सदस्यले भने, “योगेशलाई हराउन सकिदैन भन्ने निश्कर्ष अधिकांश नेताको रह्यो । हाम्रो सम्मानजनक मतका लागि प्रयास गरौं भन्ने कुरा रह्यो । ” ती नेताका अनुसार, सम्मानजनक मत ल्याउन सके त्यसैलाई जित मान्नुपर्ने अधिकांश नेता कार्यकर्ताको राय थियो ।

नगरपालिकाको मेयरमा हारेकालाई पुनः प्रतिनिधि सभामा उम्मेदवार बनाएर कांग्रेसले ठूलो गल्ती गरेको धारणा पनि नेताहरुले दोहोर्याएका थिए । बैठकमा सहभागी पूर्वी ताप्लेजुङका एक जिल्ला सदस्यले भने, ‘योगेशका अगाडि हाम्रा उम्मेदवार फिक्का भए ।’

सदरमुकाम फुङलिङको एक होटलमा कांग्रेस नेता तथा पूर्वमन्त्री सूर्यमान गुरुङको उपस्थितिमा भएको भेलामा प्रदेशसभा क्षेत्र न १ उमेदवार लीला बोखिम, युवराज गुरुङ लगायतका नेताहरुको उपस्थिति थियो ।

बैठमा बाम गठबन्धन र कांग्रेसले ल्याउन सक्ने मतबारेमा पनि विश्लेषण भएको थियो । २०७० सालको संविधानसमाको चुनापमा एमालेले दुईवटै क्षेत्रमा जित हासिल गरेको थियो । दुवै क्षेत्रमा माओवादी तेस्रो भएको थियो ।

स्थानीय तहको निर्वाचनपछि माओवादी र एमालेको गठबन्धन भएको छ । यी द्ुई मिल्दा पनि एमाले प्रतिनिधिसभामा १० हजार बढी मतले अगाडि देखिन्छ । एमाले माओवादी गणबन्धन हुँदा प्रदेश नम्बर १ का उम्मेदवार सुरेन्द्र साम्सोहाङ ६ हजार बढी मतले अगाडि छन् । क्षेत्रनम्बर २ मा त्यो भन्दा ठूलो अन्तर वाम गठबन्धनका टंक आङबुहाङको रहेको छ ।

एमाले सचिव भट्टराईले गृहजिल्ला ताप्लेजुङका ग्रामिण भेगमा चुनावी अभियान चलाइरहेका छन् । आक्रमक प्रचार अभियानपछि सदरमुकाम फुङलिङमा आयोजित आमसभामा केन्द्रीय नेता बालकृष्ण खाँडले योगेशलाई गाली गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…