शेरबहादुरले चित्रबहादुरलाई सोधेका थिएः दु्र्इ ठूला पार्टी मिले भने के हुन्छ दाइ ?

हरि अधिकारी

कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी मिल्दा सबैभन्दा ठुलो भुइँचालो कांग्रेसमा गएको बताएका छन् ।

कपिलवस्तुको चन्द्रौटामा सोमबार आयोजित पार्टीको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो भनेका हुन् ।

‘एमाले–माओवादी मिलेर चुनावी तालमेल गरे, वाममोर्चा बन्यो अब देशमा कम्युनिष्ट शासन आउँछ, अब रुन पनि पाइन्न, हाँस्न पनि पाइन्न भनेर यो देशका प्रधानमन्त्रीले अभिव्यक्ति दिईरहेका छन्, यस्तो पनि खेती गर्ने हो ?’, केसीले प्रश्न गरे ।

देशको राष्ट्रियता, अखण्डतामाथि लगातार हस्तक्षेप भइरहेकोप्रति प्रधानमन्त्रीलाई कुनै चिन्ता नभएको उनको भनाइ थियो । ‘आजको युगमा देशमा कम्युनिष्ट पार्टीको अधिनायकवाद जन्मन्छ भन्नु हास्यस्पद अभिव्यक्ति मात्र हो’, केसीले भने ।

‘पटक पटक सरकारको स्वाद चाख्न बानी परेको कांग्रेसलाई वामपन्थीले बहुमत ल्याए भने सरकारमा जान नपाइने कारण हल्लीखल्ली भएको छ’, चित्रबहादुरले भने, ‘यो कुरा मलाई एक दिन प्रधानमन्त्री शेर बहादुर देउवाले भेटमा भन्नुभएको थियो, ‘दाइ देशमा दुई ठूला पार्टी मिले भने अब के होला ?’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…