चलचित्र कान्छीको ‘चरी चट्ट परी’ ले जित्दै मन (भिडियो)

काठमाडौँ । अहिलेको तीब्र गतिको इन्टरनेटको समयमा कुनै पनि गीत संगीतको मापन यु ट्युबबाट हुन थालेको छ । नेपालमा सिर्जित गीत यु ट्युबमा २ करोड भन्दा धेरै पटक हेरेका रेकर्ड पनि बनिरहेका छन् ।

स्वेता खड्का र दयाहाङ रार्इ अभिनित चलचित्र कान्छीको ‘चरी चट्ट परी’ गीतको भिडियो अहिले यु ट्युबमा लोकप्रिय बनिरहेको छ ।

यो गीतको भिडियो यु ट्युबमा अपलोड भएको २४ घन्टा नबित्दै ४ लाख भन्दा धेरै पटक हेरिसकिएको छ । युटुबमा कुनै नेपाली चलचित्रको गीत २४ घन्टामा सर्वाधिक हेरिएको रेकर्ड अब ‘कान्छी’ को ‘चरी चट्ट परी’ राख्न सफल भएको छ ।

माघ २६ गतेदेखि रिलिज हुने यो चलचित्रको निर्देशन आकाश अधिकारीले गरेका छन् । यो चलचित्रमा स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, निर शाह, अनु शाह, प्रज्वल र सुजल गिरीसहितका कलाकारको अभिनय हेर्न पाइने छ।

यो गीतमा शब्द संगीत राजनराज सिवाकोटीको छ । गीतमा अन्जु पन्त र राजनराजको स्वर सुन्न पाइन्छ । यो गीतलाई मन पराइदिएपछि नायिका तथा निर्मात्री स्वेता खड्काले खुसी व्यक्त गरेकी छन् । शनिबार अपरान्ह ३ बजेसम्म यो गीत यु ट्युबमा ६ लाख ५ हजार ७ सय पटक हेरिसकिएको छ ।

भिडियो हेर्नुहोस्

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बागलुङ । गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले…

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै…

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…