रोल्पाः विप्लवलाई झेल्दै चुनावी चटारो, वामलाई टक्कर देला कांग्रेसले ?

जीवन डाँगी

रोल्पा । जुनसुकै चुनावमा पनि रोल्पा सधैँ चर्चाको शिखरमा हुन्छ । यो पटक वाम गगठबन्धन बनेपछि पनि रोल्पाको चर्चा घटेको छैन, अझ चुलिएको छ ।

वाम गठबन्धनबाट माओावादी नेता तथा पूर्वअर्थमन्त्री बर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभामा उठेपछि यहाँको राजनीतिमा तरङ्ग आएको छ । उनलाई जिताउन एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती चुनावी कमाण्डर नै बनेर हिँडिरहँदा वाम गठबन्धन हौसिएको छ ।

विप्लवले पनि चर्चामा रोलपा

अर्कातिर नेत्रविक्रम चन्दा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको सशस्त्र गतिविधिले पनि रोल्पा राष्ट्रिय चर्चाबाट ओझेल पर्न पाएकै छैन ।

आफ्ना जिल्ला इन्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएपछि विप्लवका कार्यकर्ता यहाँ आक्रमक भएका छन् । उनीहरुले दुई पटक उम्मेदवार पुन र वाम गठबन्धनको चुनाव प्रचार टोलीमाथि आक्रमण प्रयास गरिसकेका छन् ।

पहिलो पटक एम्बुसमा पार्ने कोशिश गरे भने अर्को पटक चुनावी टोलीमाथि लक्षित गरेर गोली नै बर्साए । तर, उम्मेदवार पुनसहित कसैलाई केही भएन । लगत्तै सामेबार रोल्पाबाटै प्रहरीले विप्लवका एक कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

बिद्रोही गाउँ थबाङको सन्देश

खासगरी राज्यको प्रतिपक्ष भनेर चिनिने रोल्पाको थबाङ गाउँलाई पनि अहिले चुनाव लागेको छ । त्यहाँ सोमवार पुगेको वाम गठबन्धनको टोलीलाई थबाङले खुलेर स्वागत गर्यो ।

पुराना कम्युनिस्ट नेता बर्मन बुढामगर वाम गठबन्धनको चुनावी सभामा सहभागी भएर थबाङको भोट वाम गठबन्धनलाई भन्ने सांकेतिक म्यासेज पनि उनले दिन भ्याए । विप्लवको गतिविधि बढेसँगै रोल्पाभर निर्वाचन प्रचारले पनि राजनीति तातिएको छ ।

एकातिर मौसमी चिसो बढ्दै छ भने अर्कातिर ‘जनयुद्ध’ को उद्गम थलोमा वाम गठबन्धन र कांग्रेसबीचको चुनावी प्रतिस्पर्धाले रौनकता पनि थप्दैछ ।

यतिबेला चुनावी नतिजा आ–आफ्नो पक्षमा पार्न नेताहरु गाउँ–गाउँ पुगेका छन् । माओवादीको बलियो प्रभाव रहेको रोल्पामा नतिजा आफ्नो पक्षमा पर्नेमा वाम ढुक्क देखिन्छ । तर, अर्कातिर राप्रपा नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगर आफ्नो चुनावी अभियानमा होमिएपछि कांग्रेस पनि उत्साहित देखिएको छ ।

दुवै समूहको चुनाव जित्ने दावी

अन्य बेला प्रायः सदरमुकाम देखिने नेताहरु आजकाल गाउँ केन्द्रित भएका छन् । उनीहरु कुनै न कुनै बहानामा भोट तान्ने अभियानमा छन् । रोल्पाबाट प्रतिनिधि सभातर्फ वाम गठबन्धनबाट पूर्व अर्थमन्त्री बर्षमान पुन र लोकतान्तिक गठबन्धनबाट सिँचाइ राज्यमन्त्री अमरसिंह पुन चुनावी मैदानमा उत्रिएका छन् ।

माओवादीको बलियो प्रभाव रहेको रोल्पामा नतिजा आफ्नो पक्षमा पर्नेमा वाम ढुक्क देखिन्छ । तर, अर्कातिर राप्रपा नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगर आफ्नो चुनावी अभियानमा होमिएपछि कांग्रेस पनि उत्साहित देखिएको छ ।

वामका लागि एमाले नेता गोकुलप्रसाद घर्तीमगर चुनावी कमाण्डर बनेका छन् भने लोकतान्त्रिकका लागि राप्रपा नेता तथा जिल्लाका पहिलो मन्त्री बालाराम घर्तीमगर प्रचारमा जुटिसकेका छन् । दुवै गठबन्धनले रोल्पामा आफूले जित्ने समेत दावी गरेका छन् ।

कांगेसले जित्ने यस्तो दावी

लोकतन्त्र जोगाउन पनि लोकतान्त्रित गठबन्धनलाई विजयी बनाउनुपर्ने बताउँछन् नेपाली कांग्रेस रोल्पाका पूर्व सभापति माधवप्रसाद आर्चाय ।

‘तत्कालिन माओवादीले युद्ध चलाएर नेपाल बर्बाद पारिरहेका बेला देशलाई शान्तिको बाटोमा हिडाउने नेपाली कांग्रेस होइन ?’, उनले प्रश्न गरे, ‘रोल्पाली जनता सधैँ शान्तिको पक्षमा हुन्छन्, विकासको पक्षमा हुन्छन् । त्यसैले यी विवेकशील जनताले रुखमै मतदान गर्नेमा म ढुक्क छु ।’

रोल्पामा उम्मेदवारीका लागि ठाउँ नपाएका एमाले कार्यकर्ताले पनि कांग्रेसका उम्मेदवारलाई भोट हाल्ने दावी आचार्यले गरे ।

वामले जित्ने एमालेको दावी

देशलाई समृद्ध र रोल्पाली जनतालाई सुखी बनाउने अभियान र योजना गठबन्धनसँग भएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष हरि प्रसाद घर्ती बताउँछन् । रोल्पा वामहरुको किल्ला भएकाले भारी मतले आफूहरुले जित्ने उनले जिकिर गरे ।

स्थानीय तहको नतिजा

रोल्पा जिल्लामा १० स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले १ तह, एमालेले २ र माओवादीले ७ स्थानीय तह जितेका छन् ।
‘स्थानीय तहको चुनाव हेरौँ न, १० स्थानीय तहमध्ये हामीले २ वटा र माओवादीले ७ वटा जितेका छौँ । यो भन्दा दह्रो प्रमाण अरु के हुन्छ ?’, घर्तीले भने, ‘हामी निर्धक्क साथ विजयी हुन्छौँ ।’

एमाले सिद्धान्त र विचारले चलेको पार्टी भएको बताउँदै एमाले कार्यकर्ताले वाम गठबन्धनका उम्मेदवारलाई नै भोट हालेर जिताउने उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…

काठमाडौँ । मोदनाथ प्रश्रित, वरिष्ठ साहित्यकार । समाज परिवर्तनका लागि निरन्तर लेखिरहेका व्यक्तित्व । जसको कृति ‘मानव’ले २०२३ सालमै पायो…

काठमाडौँ । हेटौँडा काठमाडौँ सुरुङ मार्गमा वैदेशिक लगानी ल्याइदिने भन्दै नेपाल पूर्वाधार विकास कम्पनीसँग नजिकिएका सुरज सुब्बा नेपालमा छैनन् ।…

बर्दिया । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको…

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो ६ घण्टा यातायात सञ्चालनमा रोक लगाइने भएको छ । सडक विस्तारका लागि माघ १३ गतेदेखि…

काठमाडौँ । नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल शशीले स्थायी सरकार नभएकाले सञ्चार क्षेत्रमा भएका निर्णय कार्यान्वयन हुन नसकेको बताएका…