एसीसी यु–१९ क्रिकेटः मलेसियाद्वारा नेपाललाई ४६ रनको चुनौति

काठमाडौँ । एसीसी यु–१९ क्रिकेट प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको विजयी लक्ष्य दिएको छ ।

२५ ओभरमा छुटाइएको खेलमा मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको हो । बायुमस ओभलमा टस हारेर ब्याटिङ गरेको मलेसियाले १५ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनायो ।

उसका लागि सइड अजिज सइडले सर्वाधिक २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् । नेपालका सन्दीप लामिछानेले ५ विकेट लिँदा कप्तान दिपेन्द्रसिह ऐरी र शाहब आलमले समान २ –२ तथा अनिल मण्डलले १ विकेट लिएका छन । नेपालले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

नेपालले आजको खेल जितेमा सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । यसअघि खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुने तालिका रहेपनि बर्षाका कारण ओभर छुटाएर ढिलोगरी सुरु भएको हो ।

पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भारतमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो। सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बागलुङ । गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले…

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै…

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…