एसीसी यु–१९ एसिया कप: मलेसियामाथि नेपालको फराकिलो विजय

काठमाडौँ । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियामाथि ८ विकेटको फराकिलो जीत दर्ता गराएको छ ।

टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियालाई ८ विकेटले पराजित गर्दै दोस्रो जीत हात पारेको हो । बर्षाका कारण २५ ओभरमा छोट्टाइएको खेलमा मलेसियाका ब्याट्सम्यान नेपाली बलर सामू लामो समय टिक्न सकेनन् ।

खेलमा आयोजक मलेशिया १५ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन जोड्न सफल भएको थियो । ४६ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको नेपालले प्रस्तुत लक्ष्य मात्र ५ दशमलब ३ ओभरमा २ विकेट गुमाउँदै भेटाएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले नट आउट १२ रन जोड्दा भिम सार्कीले ३ रन जोडे । यस्तै ओपनर अनिल कुमार शाहले सर्वाधिक २६ रनको योगदान गर्दा अशिफ शेखले ४ रन जोडे । आयोजक मलेशियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए ।

यस्तै कप्तान दिपेन्द्रसिह ऐरी र शाहव आलमले समान २–२ तथा अनिल मण्डलले १ विकेट लिएका छन् । यसअघि, पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भारतमाथि १९ रनको ऐतिहासिक जीत हात पारेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बागलुङ । गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले…

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै…

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…