एसीसी यू–१९ एसिया कप: साविक विजेता भारत बाहिरियो, नेपाल सेमिफाइनलमा

काठमाडौँ । मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो पटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

समूह चरणको अन्तिम खेलमा साविक विजेता भारत बंगलादेशसँग ८ विकेटले पराजित भएपछि नेपालले सेमिफाइनल यात्रा तय गरेको हो ।

आयोजक मलेसियामाथि ८ विकेटको फराकिलो जित निकालेको नेपाललाई बंगलादेशको जीतको प्रतिक्षा थियो ।

नेपालले चाहे अनुसार नै बंगालदेशले भारतलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेपछि नेपालले सेमिफाइनल यात्रा तय गरेको हो ।

अंक गणितमा साविकको विजेता भारत बंगलादेशसँग पराजित भएसँगै नेपालको सेमिफाइनल यात्रा टुङ्गो लागेको हो । समूह चरण अन्तर्गत दोस्रो खेलमा नेपालसँग पराजित भएको भारत बंगलदेशसँगको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको हो ।

अफगानिस्तानसँग सेमिफाइनल भिडन्त

प्रतियोगितामा अब नेपालले समूह ‘बी’को उपविजेता अफगानिस्तानसँग फाइनल प्रवेशका लागि भिड्नेछ भएको छ।   बंगलादेशले समूह ‘बी’को विजेता पाकिस्तानसँग भिड्ने भएको छ । प्रतियोगिताबाट श्रीलंका, युएर्इ र मलेसिायासँगै साविक विजेता भारत पनि बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…

काठमाडौँ । मोदनाथ प्रश्रित, वरिष्ठ साहित्यकार । समाज परिवर्तनका लागि निरन्तर लेखिरहेका व्यक्तित्व । जसको कृति ‘मानव’ले २०२३ सालमै पायो…

काठमाडौँ । हेटौँडा काठमाडौँ सुरुङ मार्गमा वैदेशिक लगानी ल्याइदिने भन्दै नेपाल पूर्वाधार विकास कम्पनीसँग नजिकिएका सुरज सुब्बा नेपालमा छैनन् ।…

बर्दिया । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको…

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो ६ घण्टा यातायात सञ्चालनमा रोक लगाइने भएको छ । सडक विस्तारका लागि माघ १३ गतेदेखि…

काठमाडौँ । नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल शशीले स्थायी सरकार नभएकाले सञ्चार क्षेत्रमा भएका निर्णय कार्यान्वयन हुन नसकेको बताएका…