शरद गौचन हत्या प्रकरणः नुवाकोटका राजीव स्याङ्तान ‘सुटर’

मदन ढुंगाना

काठमाडौँ । एक महिना भन्दा लामो अनुसन्धानपछि प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न पाँचजना युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

नयाँबानेश्वरको शान्तिनगरस्थित ओम शान्तिचोकमा घर नजिकै गोली हानी हत्या गरिएको प्रकरणमा प्रहरी नेपाल र भारतकासहित पाँच युवालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार गुण्डा नाइकेहरु समिरमानसिंह बस्नेत र मनोज पुनको संलग्नमा गौचनको हत्या भएको तथ्य खुलेको छ ।
गौचनको हत्यामा दुई गुन्डा समूहको प्रष्ट संलग्न देखिएपनि उनलाई गोली हान्ने युवा भने नुवाकोटका रहेको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार गौचनमाथि नुवाकोटका २१ वर्षीय सुटर राजीव स्याङ्तानले गोली हानेका थिए । स्याङ्तानले हानेको तीन गोली गौचनको मुटु र फोक्सो छेड्दै गएको थियो ।

गौचनमाथि गोली राजीवले गोली हानेपछि हतियारको व्यवस्थापनको काम भने अर्कै युवाले गरेको खुलेको छ ।

राजीवसम्म हतियार ल्याइपुर्याउने काम पर्साको कालिकामाई गाउँपालिका–१ का ३५ वर्षीय शिवजी महतो र भारतको बिहार राज्यस्थित बेतिया जिल्लका २४ वर्षीय मुकेश पाण्डेले गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

त्यसैगरी गौचनको हत्यापछि भाग्न प्रयोग भएको मोटरसाइकलको व्यवस्थापन मुकेश पाण्डे र पर्साको ठोरी गाउँपालिका ५ का १८ वर्षीय सन्तोष गुरुङले गरेको पनि पत्ता लागेको छ ।

घटनाका अर्का अभियुक्त काठमाडौँको नागार्जुन गरपालिका ४ का २२ वर्षीय प्रकाश बुढाथोकीलाई प्रहरीले घटनाका सहयोगीकारुपमा सार्वजनिक गरेको छ ।

दुर्इ गुन्डा नाइकेसहित अन्य फरार

गौचनको हत्यामा संलग्न फरार अभियुक्तहरुको पनि प्रहरीले नाम सार्वजनिक गरेको छ । फरार रहेकाहरुमा समिरमानसिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बू), श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य…

काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका…

बालकृष्ण सुवेदी बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण प्रक्रिया सुरु भएको बताएका…

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि देशको राजनीतिमा नयाँ तरंग आएको छ । सत्ता साझेदार…

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि आफैँ प्रधानमन्त्री हुने दावी गरेका छन् । कैलालीको धनगढीमा विहीवार…