‘विचारबिनाको रित्तो भाँडो कांग्रेसले सबै उद्योग बेचेर खायो’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँगकोसम्बन्ध नेपाली कांग्रेसले बिगारेको आरोप लगाएका छन् ।

‘कांग्रेसले भारतसँगको सम्बन्ध बिगारेकै कारण सुशील कोइराला नेतृत्वको सरकारको पालनामा मुलुकले नाकाबन्दी व्यहोर्नुपर्यो’ एमाले काठमाडौँ जिल्ला समितिद्वारा मंगलबार वाम उम्मेदवार परिचयात्मक कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘नाकाबन्दी म प्रधानमन्त्री भएकाले होइन । म प्रधानमन्त्री हुँदा नाकाबन्दी सुरु भएको १७ दिन भएको थियो । कांग्रेसले बिगारेको सम्बन्ध सुधारेर हामीले नाकाबन्दी हटायौँ ।’

अध्यक्ष ओलीले कांग्रेस सत्तामा गएपछि पनि आयातनिर्यातमा समस्या देखिएको अवगत गराए । ‘भारतबाट सामान लिएर नेपालतर्फ आउन लागेका थुप्रै ट्रक र ट्यांकर अहिले पनि जोगवनीसहित अन्य नाकामा रोकिन थालेका छन्, निर्यातमा अवरोध भइरहेको छ’, उनले भने, ‘ट्यांकर किन रोकिए ? त्यसप्रति कसैले चासो लिएको छैन । तरकारीसहित उपभोग्य वस्तु महँगी बढेको छ, सरकारले यसबारे केही थाहा पाउँदैन ।’

अध्यक्ष ओलीले कांग्रेसका नेताहरु देशभित्र कम्युनिस्टहरुले साम्यवाद ल्याउने भए भनेर कोकोहोलो मच्चयाए पनि विदेश जाँदा समाजवादीको परिचय दिने गरेको उल्लेख गरे ।

‘कांग्रेसले समाजवादबाट राजीनामा दिए हुन्छ’, ओलीले भने, ‘साम्यवाद मानव समाजको उत्कृष्ट र व्यवस्थित परिकल्पना हो, समाजवाद हुँदै अन्तिममा मात्र त्यहाँ पुग्ने हो । अहिल्यै त्यसमा पुग्न सकिन्न, बुझ्नु सुझ्नु छैन ।’

अध्यक्ष ओलीले कांग्रेसले बीपी कोइरालाको समाजवाद पनि भुलेको भन्दै विचारविहीनहरुको रित्तो भाँडोको संज्ञा दिए । ‘कांग्रेस विचारविहीनहरुको रित्तो भाँडो हो’, उनले भने, ‘कांग्रेससँग कुनै पनि विचार छैन ।’

नेता ओलीले बहुमत सम्हाल्ने क्षमता कांग्रेसमा नभएको स्मरण गराए । ‘२०४८ सालमा बहुमत पायो, ३८ वटा राष्ट्रिय उद्योग बेचेर खायो’ उनले भने, ‘२०५६ फेरि बहुमत पायो, देश सम्हालिन नसक्ने स्थितिमा पु¥यायो । अहिले फेरि बहुमत चाहियो भन्दैछ, कांग्रेसलाई बहुमत किन देश भाताभुङ्घ बनाउन ?’ अध्यक्ष ओलीले कांग्रेसलाई चन्दा नदिएका कारण चिनिया पक्षसँग बूढीगण्डकी सम्झौता खारेज गरिएको आरोप पनि लगाए ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको तालमेलले जनतामा उत्साह छाएको अवगत बताउँदै यसले निर्वाचनपछि गति लिने बताए ।

कांग्रेसको जामा फाटिसक्योः नेपाल

‘चुनावी घोषणपत्र संयुक्त हुनु नै एकताको आधार हो’ उनले भने, ‘एकता हुनेमा ढुक्क हुनुस । एकता हुन्छ हुन्छ ।’
नेता नेपालले कांग्रेसले पहिरिएको लोकतन्त्रको जामा फाटिसकेको धारणा व्यक्त गरे ।

‘बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको निधनपछि कांग्रेसमा लोकतन्त्र समाप्त भएको छ’ उनले भने, ‘२०५१ सालमा वृद्धभत्ता दिन नाम संकलन गर्दा मार्न संकलन गरेका हुन, नाम नदिनुस है भनेर सबैलाई खाल्डोमा पुर्छन् भने । अहिले अधिनायकवाद आउने भो भनेर कराइरहेका छन् ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बागलुङ । गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले…

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै…

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…