एम्बुस विस्फोटमा मुस्किलले बाँचे कांग्रेस उम्मेदवार, गाडी क्षतिग्रस्त

बेनी । जिल्लाको बेनी नगरपालिका-१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी एम्बुस बिस्फोट गराइएको छ।

मंगलबार बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेका कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा म्याग्दी कांग्रेसका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी एम्बुस बिस्फोट गराइएको हो।

बम विस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको छ। विस्फोटका क्रममा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बम विस्फोट हुँदा सवारी साधनको शिशा फुटेको प्रचार टोलीकासदस्य सुमन श्रेष्ठले बताए ।

‘एक मिनेट ढिलो भएको भए ठुलो मानवीय क्षति हुने थियो, संयोगबस बाँच्यौं’, उनले भने, ‘निकै माथिबाट तार ल्याएर विस्फोट गराइएको छ।’ म्याग्दीका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले घटनामा कुनै किसिमको क्षति नभएको जानकारी दिएकी छन् ।

‘रत्नेचौरमा प्रहरी युनिट र भकुण्डेमा सशस्त्र प्रहरी क्याम्प छ, घटना लगत्तै हामीले सुरक्षा जनशक्ति बढाएका छौँ’, उनले भनिन्, ‘कुन समूहले बिस्फोट गरायो भन्ने विषय खुलेको छैन।’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने म्याग्दीमा त्यही समूहले विस्फोट गराएको प्रहरीको अनुमान छ।

प्रहरीले चारदिन अघि त्यस समूहका तीनजना कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो। चुनाव प्रचार टोलीमा गर्बुजासहित लोकतान्त्रिक मोर्चाबाट प्रदेश ‘क’ का उम्मेदवार भीमप्रसाद गौचन, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल पनि थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…

काठमाडौँ । मोदनाथ प्रश्रित, वरिष्ठ साहित्यकार । समाज परिवर्तनका लागि निरन्तर लेखिरहेका व्यक्तित्व । जसको कृति ‘मानव’ले २०२३ सालमै पायो…

काठमाडौँ । हेटौँडा काठमाडौँ सुरुङ मार्गमा वैदेशिक लगानी ल्याइदिने भन्दै नेपाल पूर्वाधार विकास कम्पनीसँग नजिकिएका सुरज सुब्बा नेपालमा छैनन् ।…

बर्दिया । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको…

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो ६ घण्टा यातायात सञ्चालनमा रोक लगाइने भएको छ । सडक विस्तारका लागि माघ १३ गतेदेखि…

काठमाडौँ । नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल शशीले स्थायी सरकार नभएकाले सञ्चार क्षेत्रमा भएका निर्णय कार्यान्वयन हुन नसकेको बताएका…