प्रधानमन्त्रीले भनेः उम्मेदवारमाथि बम हान्नेलाई तुरुन्तै कारबाही गर्नू

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार नेपालगंजमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन केन्द्रीत सुरक्षा चुस्त राख्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा सुरक्षा व्यवस्थामा बिशेष रुपमा ध्यान दिई सुरक्षित र शान्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा चनाखो हुन पनि निर्देशन दिए ।

उनले निर्वाचन नजिकिँदै गर्दा बिभिन्न राजनीतिक दलका उम्मेदवारमाथि बम आक्रमण लगायतका घटना हुनुलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै आक्रमणकारीलाई तुरुन्तै कारवाही गर्न सुरक्षा निकाय प्रमुखहरुलाई सचेत पनि गराए ।

उम्मेदवारमाथि बम प्रहार गरी डर त्रास उत्पन्न गराउन खोज्नेलाई तुरुन्तै कारवाही गर्न सरकार दृढताका साथ लागिरहेको उनको भनाई थियो ।

निर्वाचनलाई भयरहित बनाउन सबैले आ आफ्नो क्षेत्रबाट लागि प्रधानमन्त्री देउवाले सुरक्षा निकाय र प्रशासनिक निकायका अधिकारीहरुलाई विशेष आग्रह गरे । मंगलबार बिहान नेकपा एमालेका भोजपुर प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…