मोहन बस्नेतलाई अग्नि सापकोटाको चेतावनीः तिम्रो अन्त्य दर्दनाक हुनेछ

काठमाडौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका प्रत्यासीबीच व्यक्तिगत तहमा झरेर आरोप प्रत्यारोप हुन थालेको छ । जिल्लाको विकासका एजेन्डासमेत ओझेलमा पार्ने गरी दुई उम्मेदवारबीच व्यक्तिगतस्तरमा आरोप प्रत्यारोप सुरु भएको हो ।

आफ्नो क्षेत्रमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले गलत प्रवृत्ति नसच्याए आफूहरु जस्तोसुकै कदम उठाउन बाध्य हुने चेतावनी दिए । यो चेतावनी उनले नामै लिएर आफ्ना प्रतिस्पर्धी लोकतान्त्रिक गठबनधनका उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई दिएका हुन् ।

‘मोहनबहादुर बस्नेत जनताका लागि बलिदान गर्ने हिम्मत छ ? गणतन्त्रको आन्दोलनमा तिमीले कतिवटा जुलुसमा भाग लियौ ?’ सापकोटाले प्रश्न गरे, ‘हामी गणतन्त्रका लागि बलिदान दिन तयार हुँदा तिमी कुन कुनामा लुकेर बसेका थियौ ? कसको भत्ता खाएका थियौ ?’

 ‘स्वाभिमान भनेको के हो तिमी जस्तो भ्रष्टलाई थाहा नै छैन । तिमी जस्तो अश्लिल गाली गलौज हामी गर्दैनौँ’, उनले भने, ‘यदि बसेर छलफल गर्दा अश्लिल गाली गर्छौ भने यदि आफ्नो बानी सुधार्दैनौ भने जिन्दगीको अन्तिममा तिम्रो अन्त्य दर्दनाक हुनेछ’

भ्रष्टाचार गरेर पैसाको धाक नदिन बस्नेतलाई चेतावनी दिँदै यदि लड्नै परे पनि आफूहरु तयार रहेको उद्घोष गरे । ‘भ्रष्टाचार गरेको पैसाको आडमा धाक नदेखाए हुन्छ’, सापकोटाले भने, ‘मेरा योद्धा तिमीसँग पानी खाएर लड्नेछन्, रुखको बोक्रा खाएर, लड्नेछन्, सिस्नो घोटी खाएर पनि लड्नेछन् ।’

बस्नेतप्रति आक्रमकरुपमा प्रस्तुत भएका सापकोटा मन्तब्यका क्रममा पटक पटक भावुक भए । केही पटक उनी भक्कानिए पनि ।

सापकोटाले बस्नेतलाई भ्रष्टको संज्ञासमेत दिए । ‘स्वाभिमान भनेको के हो तिमी जस्तो भ्रष्टलाई थाहा नै छैन । तिमी जस्तो अश्लिल गाली गलौज हामी गर्दैनौँ’, उनले भने, ‘यदि बसेर छलफल गर्दा अश्लिल गाली गर्छौ भने यदि आफ्नो बानी सुधार्दैनौ भने जिन्दगीको अन्तिममा तिम्रो अन्त्य दर्दनाक हुनेछ ।’

पूर्वमन्त्री समेत रहेका सापकोटाले पुलिस, प्रशासन निष्पक्ष र स्वतन्त्र नभएको भन्दै यदि विभेद गरिएमा, कसैको पक्ष लिएको पाइएमो राम्रो हिसाब किताब हुने चेतावनी पनि दिए । ‘यदि पुलिस प्रशासनले विभेद गरेको पाइएमा तपाईहरुले राष्ट्रघात गरेको हुनेछ’, सापकोटाले भने ।

नेता सापकोटाले कमिशनखोरी र भ्रष्टाचारी सबैलाई तह लगाउने बताउँदै आफूलाई सिन्धुपाल्चोकका जनताको नोकर भएर काम गर्ने अवसर दिन पनि आग्रह गरे ।

उनले तातोपानी नाका हामी खोलेर छाड्ने प्रतिज्ञा गर्दै बाह्रबीसे बजारलाई स्मार्ट सिटी बनाउने योजना पनि सार्वजनिक गरे । ‘मोहन बस्नेतले विकास गर्छ भन्दा कुकुरले पनि पत्याउँदैन’, सापकोटाले भने, ‘नेपाली जनताले विकल्प खोजेका छन् । सिन्धुपाल्चोकका जनताको म नोकर बन्न तयार छु ।’

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य…

काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका…

बालकृष्ण सुवेदी बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण प्रक्रिया सुरु भएको बताएका…

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि देशको राजनीतिमा नयाँ तरंग आएको छ । सत्ता साझेदार…

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि आफैँ प्रधानमन्त्री हुने दावी गरेका छन् । कैलालीको धनगढीमा विहीवार…