राष्ट्र बैंकले आजदेखि ब्याजदर करिडोर लागू गर्दै

काठमाडौं । राष्ट्र बैंकले बुधबारदेखि ब्याजदर करिडोर लागू गर्दै छ । चार महिनाअघि नै बैंकले ब्याजदर करिडोरको व्यवस्था ल्याए पनि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएकाले यो व्यवस्था लागु गर्न सकेको थिएन । अहिले ब्याजदरको अवस्था सही ठाउँमा भएकाले ब्याजदर करिडोर सम्बन्धी व्यवस्था लागू गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु खार्थिक वर्षको मौद्रिक नीतिमार्फ ब्याजदर करिडोरको व्यवस्था ल्याएको थियो । ब्याजदरमा स्थिरता ल्याउने उद्देश्यले ब्याजदर करिडोर सम्बन्धी व्यवस्था ल्याई लागू गर्न लागिएको बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताउनुभयो । थापाका अनुसार ब्याजदर करिडोर लागू भएपछि राष्ट्र बैंकले तरलताको स्थिति र अन्तरबैंक ब्याजदर वाञ्छित सीमामा राख्नेछ ।

तरलताको स्थिति मापनका लागि अनिवार्य तरलता अनुपात (सीआरआर) भन्दा बढी कति तरलता छ भन्ने हेर्छ । त्योभन्दा बढी भए बजारबाट तरलता खिच्छ भने कम भएमा बजारमा पैसा पठाउँछ । अर्को मापदण्ड अन्तर बैंक ब्याजदर हो । हाल केही बैंकहरुले बजारमा तरलता छोड्न राष्ट्र बैंकलाई आग्रह गरिरहेको थापाले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…

काठमाडौं । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली…

काठमाडौं । हनुमानढोका दरबारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङको छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । गोरखाबाट ल्याएको…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको छैटौं दिन आश्विनशुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको…

मितिः २०७५ असोज २९ गते सोमबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गित ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः…