परिचयपत्र हराएका मतदाता अलमलमा

खोटाङ । फोटोसहितको मतदाता परिचयपत्र हराएका खोटाङका मतदाता आसन्न निर्वाचनमा मत हाल्न पाउने/नपाउने भन्ने बारे अलमलमा परेका छन् ।

यसअघि लिएको मतदाता परिचयपत्र हराएका मतदाता आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सहभागी हुन पाउने/नपाउनेमा अलमलिएका हुन् ।

मतदाता नामावलीमा नाम समावेश भएका तर परिचयपत्र हराएका मतदाताले आगामी निर्वाचनमा मत हाल्न पाउने/नपाउने भन्ने विषयमा आयोगको आधिकारिक धारणा नआउँदा अन्योल छाएको स्थानीयले बताएका छन् ।

परिचयपत्र हराएका मतदाताको विषयमा आयोगको स्पष्ट धारणा नआएसम्म आफूसँग आधिकारिक जवाफ नभएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो ।

जिल्लामा आसन्न निर्वाचनमा मत हाल्ने मतदाता संख्या एकलाख २५ हजार १ सय ८३ रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश राजनीतिक दलले आगामी निर्वाचनमा भाग लिएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…