वाम गठबन्धनले एक दलीय शासन लाद्न खोज्योः प्रधानमन्त्री देउवा

कैलाली । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा कम्युनिष्टहरुको गठबन्धनले एक दलीय शासन लाद्न खोजेको आरोप लगाउनुभएको छ । बुधबार कैलालीको लम्कीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वाम गठबन्धनको नाममा कम्युनिष्टहरुले नेपाली जनतालाई अन्धकार तिर धकेल्न खोजेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको इतिहासमा प्रजातन्त्रको रक्षाका लागी नेपाली कांगे्रेसले ठूलो भुमिका खेलेको भन्दै आम सुदु्रपश्चिमका जनताले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आव्हन गर्नुभयो । देउवाले जनतालाई डर धम्की र त्रासमा पार्ने कम्युनिष्टहरु एकातिर र देशमा शान्ति र स्थायित्व चाहने लोकतान्त्रिक गठबन्धन एकातिर रहेकाले शान्ति र स्थायित्वका लागि जनताले लोकतान्त्रिक गठबन्धनलाई नै अत्याधिक मतले विजय गराउने विश्वास व्यक्त गर्नुभयो ।

मंगलबारदेखि प्रदेश नम्बर ५ को बर्दिया, बाँकेमा भएका बिभिन्न चुनावीसभा सम्बोधन गर्दैै कैलाली पुगेका देउवाले सुदूरपश्चिमको विकासको लागी आफू सधँै लागि परेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बागलुङ । गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले…

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै…

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…