सूर्योदय नगरपालिका प्लास्टिकमुक्त बन्दै

इलाम । पूर्वको पर्यटकीय नगरी सूर्योदय नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियान शुरू गरिएको छ ।

फिक्कल बजार, कन्यामलगायत क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयवासी एवं विदेशीसमेत सहभागी थिए ।

सरसफाइ अभियानकर्मीले जथाभावी छरिएको फोहर बटुलेर नजिकै रहेको डस्टबिन एवं बोरामा राखेका थिए । विदेशीले पनि ढलभित्र थुप्रिएको फोहर संकलन गरेका थिए । सहभागी विदेशी केइसिलले नेपालीहरू सहयोगी र मिलनसार भएको बताउनुभयो ।

जथाभावी सडक र घर निर्माण, बजारमा बन्द भएका ढल र नाला, फोहर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित हुनाका साथै सानो बाटाका कारण सवारी आवागमनमा समस्यामा परेको पर्यटकीय नगरी सूर्योदयले दुई घण्टामै रूप फेर्यो ।

सूर्योदयलाई आधुनिक शहरका रूपमा विकास गर्न प्लास्टिकमुक्त अभियान शुरू गरिएको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो ।

बजारभित्र निर्माण गरिएको नालीमा जम्मा भएको फोहर स्काभेटर र टिपरको सहायताले संकलन गरी ल्याण्डफिल्ड साइटमा लगेर फाल्ने तयारी भइरहेको छ । नगरपालिकामा पर्ने कन्याम, अन्तु, फिक्कल बजार पर्यटकीयस्थल हुन् । सुन्दर, स्वच्छ र हराभराका साथ आधुनिक पर्यटकीय शहर बनाउन अभियान थालिएको नगरपालिकाले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…

काठमाडौं । सरकारले भदौ १ गतेदेखि लागू गर्न लागेको मुलुकी (देवानी संहिता) ऐन, २०७४ मा रहेका विभिन्न दफा बालअधिकारको सिद्धान्तविपरीत…

५ महिना बितिसक्दा पनि छायाँ सरकारको स्वरुपसमेत सार्वजनिक गर्न सकेको छैन । झण्डै सातदशक अस्थिरतापछि पार्र्टीहरुले चाहँदा देशमा राजनीतिक स्थिरता…

काठमाडौं । www.janatasamachar.com (जनता समाचार डटकम) ले आफ्नो प्रोमो सार्वजनिक गरेको छ । हरपल समाचार र विचार निर्भिक ढंगले प्रस्तुत…

काठमाडौं । ‘सत्यसेवा सुरक्षणम् ।’ नेपाल प्रहरीको मूलमन्त्र । प्रहरीको काम नै सुरक्षा दिनु । तर प्रहरीले जनताको सुरक्षा गर्दा…