उत्तर अमेरिकामा तामाङ सम्मेलन हुँदै

काठमाडौं । प्रथम ऐतिहासिक ‘उत्तर अमेरिका तामाङ सम्मेलन २०१८’ जनवरी १३ र १४ मा हुने भएको छ । तामाङ सोसाइटि अफ अमेरिकाले (टिएसए) न्युयोर्कमा सम्मेलन गर्न लागेको हो ।

विश्वभरिका तामाङलाई एउटै छाता संगठनमा ल्याउने र आम तामाङ समुदायको साझा मुदालाई एकिकृत ढंगले निकास दिन उक्त सम्मेलन गर्न लागेको टिएसएका अध्यक्ष शान्तबाबु थोकरले जानकारी दिए ।

‘यसैबीच अमेरिकाको विभिन्न राज्यहरुमा टिएसएका विभिन्न शाखा गठन भइरहेको छ । यही क्रममा २४, डिसेम्बरमा शेर्पा किदुगको हलमा न्यूयोर्क शाखा गठन गर्दैछौं,’ उनले भने,‘यहाँ बसोबास गरिरहेका तामाङहरूलाई सहभागिताका लागि अनुरोध गर्दछु।’

उनका अनुसार डिसेम्बर १७ सम्म इच्छुक तामाहरुले टिएसएको नयाँ सदस्यता लिन र नबिकरण गरि सक्नु पर्नेछ । टिएसएका अध्यक्ष तथा उत्तर अमेरिका तामाङ सम्मेलनका कन्भेनर थोकरले दुई दिनसम्म हुने सम्मेलनको पहिलो दिन उद्घाटनसत्र रहेको बताए । दोस्रो दिन ल्होछारको उपलक्ष्यमा ‘डम्फू साँझ सांस्कृतिक कार्यक्रम’ तय भएको उनको भनाई छ ।

सम्मेलनका लागि गत जनवरी २७, युयोर्कमा आयोजना गरिएको उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठकले यस क्षेत्रका सम्पूर्ण तामाङ संघसंस्थाहरुलाई टिएसए अन्तर्गत संगठित गर्ने निर्णय गरेको थियो । तयारी बैठकले थोकरको नेतृत्वमा २५ सदस्यीय सम्मेलन आयोजक तदर्थ समिति गठन गरेको छ ।

उत्तर अमेरिका तामाङ सम्मेलन मेरो घोषणापत्रको प्रमुख एजेण्डा थियो । ‘तामाङ साँस्कृतिक केन्द्र तथा बौद्ध गुम्बा’ न्युयोर्कमा स्थापना गर्ने विषयमा पनि प्राथमिकताको साथ एजेण्डामा राखिएको उनले बताए । यही अनुरुप कार्यक्रम तय भएको छ ।
दुई दिने भेलाले नेपालमा शैक्षिक छात्रवृत्ति कोष, लोकसेवाको तयारी परीक्षाको लागि तामाङ विद्यार्थीहरुलाई प्रोत्साहन कार्यक्रम समेत तर्जुमा गर्ने छ ।

सम्मेलनमा क्यानाडा र संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य र शहरहरुबाट प्रतिनिधिहरु सहभागी हुनेछ । साथै युरोप, अष्ट्रेलिया, र नेपालबाट तामाङ समुदायका अगुवा र बुद्धिजीवीहरु सहभागी हुने टिएसएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गणेश आचार्य दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको निर्वाचन मार्फत जनताले भारतलाई ठुल्दाइ मान्नेहरुलाई अस्वीकार गरेको…

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ।…

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी…

कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी रेशम चौधरीका वारेसलाई निर्वाचन जितेको प्रमाणपत्र दिइएन । निर्वाचन आयोगाबाट उम्मेदवार…

काठमाडौँ । समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमालेले फराकिलो अग्रता बनाइरहेको छ । गणनाको सुरूवातमा कांग्रेससँग करिब १० हजारको मात्रै अग्रता…

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर…