Arna Beer

कांग्रेस नेता निधि अस्वस्थ, ओम अस्पतालमा उपचार हुँदै

प्रमोद कुमार साह

धनुषा । छातिमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि काठमाडौँको ओम अस्पतालमा भर्ना भएका छन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि धनुषामा रहेका निधि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको निधनपछि दाहाल परिवारलाई भेटन काठमाडौँ आएका थिए ।

श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा. सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ ।

चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए ।

निधि आज अपराह्न ४:३० बजे अस्पताल पुगेका थिए । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी सोमबारै राजधानी आएका थिए ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन् । धुनषामै निधिलाई ज्वरो आएर छातिमा कफ जमेको बताइएको छ ।

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बामपन्थी गठबन्धनको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्ने दावी गरेका छन् ।…

नुवाकोट । पञ्चकन्या गाउँपालिका–५ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ । शुक्रबार सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक लगत्तै…

काठमाडौं । केन्द्रीय सरकारमा मन्त्रालयको टुंगो लागेको छ ।  केन्द्रमा के कति मन्त्रालय राख्ने सम्बन्धमा वाम दलबीच अन्ततः १७ मन्त्रालयमा…