ढल्दैछु कमरेड…..भन्न नै नपाइ अस्ताए खुशीराम

काठमाडौँ । कम्युनिष्ट आन्दोलन र अझ भनौं माओवादी आन्दोलनमा केही गीतहरु ज्यादै चर्चित बने । जनताका पीडा, रोग, भोक र गरीबीलाई टपक्कै टिपेर जस्ताको तस्तै प्रस्तुत गर्दा गाउँगाउँमा माओवादीको सांगीतिक अभियानले छलाङ मार्यो ।

सांगीतिक अभियानकै कारण कतिपय मानिसहरु बन्दुक बोकेर जङ्गल पसे । बन्दुक बोक्ने र नबोक्ने दुवै जनतालाई जुरुक्कै उठाउने गीत र संगीतका एकजना नायक भने मंगलबार अस्ताएका छन् ।

२०५२ सालदेखि सशस्त्र आन्दोलन सुरु गरेको तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आउने एएटा कोशेढुङ्गाका रुपमा चुनवाङ बैठक चर्चित छ ।

चुनवाङ बैठकको चर्चा यतिमा मात्रै सीमित छैन । त्यही बैठकमा प्रस्तुत गरिएको ‘ओपेरा’ नामक सांगीतिक प्रस्तुतीका कारण माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई लगायत रोएका थिए ।

‘ओपेरा’ युद्ध मोर्चाबाट फर्कँदा (भिडियो)


हो, यसै गीतका सर्जक हुन्, जनवादी गायक, कलाकार, संगितकार खुशीराम पाख्रिन । चुनवाङ वैठकका क्रममा पाख्रिनका यस्तै गीत र अभिनयले शीर्ष नेताहरुलाई रुवाएको थियो । यस्ता सयौं कालजायी गीत लेखेर गाउँबस्तीमा सुनाउँदै, जनतालाई जगाउँदै हिँड्ने जनकलाकार अब हामीबीच रहेनन् ।

मंगलबार चितवनमा भएको माओवादीका पोलिटब्युरो सदस्य प्रकाश दाहालको श्रदाञ्जलि तथा चुनावी सभामा गीत गाउँदागाउँदै उनै जनगायकलाई हृदयघात भयो । कार्यक्रमस्थलबाट तत्कालै नारायणी सामुदायिक अस्पतालमा उपचारार्थ लगिएपनि उनलाई बचाउन सकिएन । उनले अन्ततः यो संसारबाट बिदा लिए ।

२०३८ सालदेखि जनताका मर्म, वेदना र भोगाईलाई शब्दको माध्यमबाट संगीतमा उनेर गीत गाउने उनी आफैँमा एउटा महाकाब्य जस्तै हुन् ।

जनता जगाउँदै गाउँबस्ती डुलेका खुशीराम आफ्नो जीवनमा भने सधैँ दुःखी रहे । माओवादी युद्धमासमेत होमिएका पाख्रिनले युद्धकै दौरान आफ्ना दुई छोरालाई गुमाए । यद्यपि उनी कहिल्यै विचलित भएनन् । युद्धको मोर्चामा डटिरहे, गीत संगीतबाट जनता बिउँझाउँदै हिँडिरहे ।

खुशीरामका गीत

खुशीरामले कयौँ कालजायी गीत लेखेका छन् भने संगीत पनि भरेका छन् । आँधीको बेगसरी योद्धाहरु, बीरहरुको रगतले, आऊ युवा, नरुनुस् आमा, रातो घाम, ढल्दैछु कमरेड, लड्दा लड्दै ढलेको खबर घरमा पु¥उनु लगायतका चर्चित गीतहरु खुशीराम पाख्रिनका रचना हुन् ।

जनता जगाउने यी चर्चित गीत नेपाली जनतालाई सुम्पिँदै खुशीराम वास्तविक जीवनमै ढलेका छन् । कम्युनिष्ट आन्दोलन र मुक्तियुद्धमा होमिएका जनवादी कलाकार पाख्रिनलाई हार्दिक श्रदाञ्जलि !

गैँती बेल्चा उचालेर
पहरालाई छिचोलेर
डाँडाकाँडा बाटो बनायो
के खायो नि कुल्ली दाइले
के पायो नि कुल्ली भाइले
अर्कैले ट्याक्सी गुडायो…………………..

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नारायण भण्डारी/ स्थलगत अवलोकनबाट फर्केर काठमाडाैं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा खस्ने पहिरोका कारण गण्डकी तथा धौलागिरिक्षेत्रकै जनजीवन प्रभावित भएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…