कतारमा ठगिएका पाँच नेपालीको उद्वार

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्वार गरिएको छ । सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो ।

रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका धनकेशर गिरी, उदयपुरका प्रकाश राई र दाङका विशाल चौधरीको उद्धार गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का परामर्शकर्ता अम्बिका दाहालले जानकारी दिनुभयो ।

योङ म्यान पावर कम्पनीबाट मासिक एक हजार १०० रियाल तलबमा सिकर्मीको रुपमा छ महिना अघि कतार पुगेका धनकेशरले हेल्परको काम दिनुका साथै चार महिनासम्म तलब नदिएको भन्दै उद्धार गरिदिन सामी परियोजनाको दिक्तेलस्थित कार्यालयमा सम्पर्क गरेका थिए । ठगीमा परेका गिरी स्वयंले टेलिफोन सम्पर्क गरी आफन्तमार्फत सामीमा कागजात उपलब्ध गराएका थिए ।

इन्टरनेशनल जब लिङ्क म्यानपावर कम्पनीबाट जनही ७० हजार रपैयाँका दरले रकम बुझाएर नौ महिना अघि कतार पुगेका खाल्लेका खड्कालाई पछिल्लो चार महिना लगातार तलब नदिएको बताइएको छ ।

गत असारदेखि तलब नपाएपछि घरमा सम्पर्क गरी सूचना तथा परामर्श केन्द्रमा कागजात पुर्याइ उद्धारका लागि पहल गरिदिन आग्रह गरिएको थियो ।

वैदेशिक रोजगारीमा जानु पूर्व घरमै छाडिएको कागजपत्रको प्रतिलिपि परिवारमार्फत उपलब्ध भएलगत्तै वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेको करिब एक सातामै उनीहरुलाई नेपाल फर्काइएको परामर्शकर्ता दाहालले बताउनुभयो ।

ठगिएका पाँचै जनालाई सूचना तथा परामर्श केन्द्रको समन्वय तथा निःशुल्क कानूनी सहायता प्रदान गर्ने संस्था पिपुल्स फोरमको सहयोगमा मुद्दा दर्ता गरिएको थियो ।

ठगीमा परेर नेपाल फर्किएकामध्ये खाल्लेका कर्णबहादुर र राजेन्द्रले कतार जाँदा बुझाएको जनही ७० हजार रुपैयाँ एजेण्टले फिर्ता गरिदिने सर्त राखेको बताइएको छ । ठगीमा पर्ने अन्य तीन जनाको हकमा थप अनुसन्धान गर्ने काम भइरहेको सामीले जनाएको छ । उद्धार गरिएका उनीहरुले काठमाडौँ आएलगत्तै क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…

काठमाडौँ । मोदनाथ प्रश्रित, वरिष्ठ साहित्यकार । समाज परिवर्तनका लागि निरन्तर लेखिरहेका व्यक्तित्व । जसको कृति ‘मानव’ले २०२३ सालमै पायो…

काठमाडौँ । हेटौँडा काठमाडौँ सुरुङ मार्गमा वैदेशिक लगानी ल्याइदिने भन्दै नेपाल पूर्वाधार विकास कम्पनीसँग नजिकिएका सुरज सुब्बा नेपालमा छैनन् ।…

बर्दिया । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको…

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो ६ घण्टा यातायात सञ्चालनमा रोक लगाइने भएको छ । सडक विस्तारका लागि माघ १३ गतेदेखि…

काठमाडौँ । नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल शशीले स्थायी सरकार नभएकाले सञ्चार क्षेत्रमा भएका निर्णय कार्यान्वयन हुन नसकेको बताएका…