उपत्यकाको विकासमा यस्ता छन् केशव स्थापितका योजना (भिडियोसहित)

काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ ‘क’का उम्मेदवार केशव स्थापितले आफुसँग प्रतिस्पर्धा गर्ने उम्मेदवार नभएको दावी गरेका छन् ।

जनता टेलिभिजनबाट प्रशारित हुने कार्यक्रम सन्दर्भमा कुरा गर्दै आफुँग प्रतिस्पर्धा गर्ने उम्मेदवार आफ्नो क्षेत्रमा नभएको दावी गरेका छन् । उनले आफू मतदाताको घरमा जाँदा उहाँहरुले देखिएको सहभागिता र सहानुभूति देख्दा आफुले जिते सरह भएको दावी गरेका छन् ।

उनले प्रदेशसभा कस्तो बन्ने, सभा कहाँ गर्ने, मन्त्री कहाँ बस्ने, राजश्व कसरी उठाउने लगायतका विषयमा योजना ल्याएका छन् । उनले यति मात्र होइन ६ नम्बरका साथै समग्र उपत्यकाको विकासका लागि दर्जनौं योजना समेत लिएर अघि बढेका छन् ।

अहिले प्रदेशको कार्यालयमा देखिएको विवाद समाधान गर्न तत्कालका लागि भाडामा लिएपनि बिरालोले बच्चा सारेको जस्ता नसार्ने गरी एकै ठाँउमा राख्ने योजना आफसँग भएको उनको दावी ।

कार्यालय व्यवस्थापन मात्र नभएर उपत्यकाका लागि आवश्यक पर्ने, उर्जा, खाने पानी, ढल निकासका समस्या आफुले सहजै समाधान गर्ने उनको योजना रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसाइतको टीका मूल पुजारी देवराज अर्याल र पुरोहित हेमचन्द्र ढकालबाट ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिले…

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने…

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई…

मितिः २०७५ कात्तिक २ गते शुक्रबार बिहान ५ः०० राष्ट्रिय गान ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…