काठमाडौँमा १ मा प्रकाशमानसँग मेरो तुलना हुँदैन, रविन्द्र त कता–कता ?

काठमाडौँ । वाम गठबन्धनबाट काठमाडौँ–१ का उम्मेदवार अनिल शर्माले आफू काठमाडौँ १ कै मतदातासँग लामो समयदेखि समीपमा रहेको बताए ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा पत्रकार रामकुमार एलनसँग कुराकानी गर्दै नेता शर्माले गणतन्त्र स्थापनामा जीवनमरणको लडाइँ लडेको बताउँदै काठमाडौँलाई धूवाँधूलो र विषादिरहित बनाउने योजना रहेको बताए ।

उनले भने, ‘जनताले राजनीतिक स्थायित्वविना केही हुँदैन भन्ने बुझेका छन् । त्यसैले अरु विकल्प खोज्दैनन् । र, राष्ट्रको विकल्प वाम गठबन्धन हो ।’ शर्माले आफ्नो तुलना कांग्रेसका नेता प्रकाशमानसिंहसँग समेत नहुने बताए । उनले भने, ‘सामाजिक सञ्जालमा सक्रिय देख्छु साझा विवेकशीलका उम्मेदवार रविन्द्र मिश्रजीलाई, तर म राजनीतिक मुद्दासहित अघि बढेको र जीवन जनयुद्धमा अर्पिएको व्यक्ति भएकाले अरुसँग तुलना अनुचित ठान्छु ।’

थप कुराकानीका लागि भिडिओ हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्