रुकुम पश्चिममा ६६ र पूर्वमा ६५ प्रतिशत मत खस्यो

अमरराज पुन

रुकुम । पहिलो चरणमा आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा पश्चिम रुकुममा ६६.२१ र पूर्वमा ६५ प्रतिशत मत खसेको छ ।

पश्चिम रुकुमका १ सय ११ मतदान केन्द्रको अन्तिम मत परिणाम अनुसार ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पश्चिम रुकुमले जनाएको छ ।

रुकुम पुर्वमा भने जिल्लाका ४२ तदान केन्द्रबाट ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी राजेश प्रशाद पोखरेलले बताए । ६ स्थानीय तह रहेको पश्चिम रुकुममा ८४ हजार ८२ मतदाता रहेका थिए ।

तर, यसपटकको निर्वाचनमा भने यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनको भन्दा केही कम मत खसेको बताइएको छ । यस्तै पूर्वी रुकुममा २७ हजार ९ सय २८ मतदाता रहेका थिए । पूर्वी रुकुममा पनि स्थानीय तहको भन्दा केही कम मत खसेको छ ।

मतदान सकिएलगत्तै पूर्वी रुकुमको सदरमुकाम नजिक रहेका मतदान केन्द्रबाट आजै मतपेटिका संकलन गरिने बताईएको छ । जिल्लाका अति दुर्गम ठाउँमा रहेका सिस्ने, पेल्मा, रन्मा र मैकोट मतदान केन्द्रका मतपेटिका सोमबार बिहान हेलिक्पटर मार्फत ल्याइने भएको छ ।

बाँकी अरु मतदान केन्द्रबाट भने सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी भोलिदेखि नै मतपेटिका संकलन गरिने पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले बताए ।

सापकोटाका अनुसार पूर्वी रुकुममा आज सम्पन्न निर्वाचनमा कुनै अप्रिय घटना नभई शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको बताईएको छ । यस्तै पश्चिम रुकुममा पनि निर्वाचन सम्पन्न भएलगत्तै विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भईरहेको पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए ।

यसैबीच पश्चिम रुकुमको वाँफिकोट गाउँपालिकाको काँडामा रहेको रत्न माध्यमिक विद्यालयको क मतदान केन्द्रको प्रत्यक्षतर्फ प्रतिनिधिसभाको मतपेटिकामा एसिड हालिएपछि फेरी अर्को चरणमा यहाँ मतदान हुने भएको छ । प्रदेश र समानुपातिक तर्फको मतदान भने सकिएको छ ।

यस्तै आठबीसकोट नगरपालिका वडा नम्बर ११ को गत्तसैनामा रहेको ख मतदान केन्द्रको समानुपातिक मतपेटिकामा पनि एसिड हालिएपछि त्यहाँ पनि अर्को चरणमा निर्वाचन हुने भएको छ ।

तर, प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभाको मतदान भने पुरा भएको छ । जिल्लाको दुई फरक मतदान केन्द्रको मतपेटिकामा एसिड राख्नेलाई भने प्रहरीले नियन्त्रणमा लिईसकेको छ । अन्य बाँकी सबै मतदान केन्द्रमा भने शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ कात्तिक १ गते विहीबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना…

काठमाडौंं । महाअष्टमीका दिन बुधबार मुलुकभरका शक्तिपीठ र देवीस्थानमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती…

प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैंं सबैको घरआगनमा आइसकेको छ । दशैं नेपालको सवैभन्दा लामो समय सम्म मनाइने चाड हो…

मितिः २०७५ असोज ३१ गते बुधबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा हर्ष उल्लासपूर्वक मनाइने शारदीय महापर्व बडा दशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर कृष्णशक्ति स्वरुपा भवानी…