‘वाम एकता आमाले बेलुका चिनाएको बाउ भोलिपल्ट अर्कै परेजस्तोे’ (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलालले नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी गठबन्धन ठीक भए पनि पार्टी एकताको घोषणा दुई पार्टीका शीर्ष नेताको निरंकुशताको परिणाम भएको बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा कीर्ति भट्टरार्इसँग कुराकानी गर्नुहुँदै नेता दुलालले एमाले र माओवादीबीच वैचारिक रुपमा ठूलो अन्तर रहेकाले पार्टी एकताको विषयमा गम्भीर छलफल गर्न बाँकी नै रहेको बताउनुभयो ।

‘कार्यकर्तालाई तीसौँ वर्षसम्म एउटा कुराको प्रशिक्षण दिने र थाहै नदिई पार्टी एकताको घोषणा गर्ने ? यो त कार्यकर्ताको ठूलो अपमान हो । यस्तो अपमान त सहन सकिन्न,’ उहाँले व्यंग्य गर्दै भन्नुयो, ‘आमाले बेलुकासम्म एउटा कुरा गर्ने, भोलिपल्ट बाउ अर्कै हो भन्दा के भन्ने ?’ उहाँले पद्धति प्रक्रिया र सिद्धान्त निष्ठताको आधारमा संगठित रुपमा परिचालित कम्युनिस्ट पार्टी नेपालमा नभएको बताउनुभयो ।

दुलालले नेपालमा कम्युनिस्ट नामका पूँजीवाद चलाएकाले पार्टीमा योगदान पुर्याउनेले भन्दा अन्यले चुनावमा टिकट पाएको बताउनुभयो ।

थप कुराकानीका लागि यो भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…

काठमाडौं । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली…

काठमाडौं । हनुमानढोका दरबारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङको छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । गोरखाबाट ल्याएको…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको छैटौं दिन आश्विनशुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको…

मितिः २०७५ असोज २९ गते सोमबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गित ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः…