रक्षामन्त्री भन्छन्ः ढुक्क हुनुस्, वामलाई हराएर कांग्रेसले बुहमत ल्याउँछ

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी साक्षात्कार माकार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेसबाट उम्मेद्धवार समेत रहेका रक्षामन्त्री प्रधानले अहिले मुलुकमा अतिवाद र उग्रवादको बीचमा चुनाव हुन लागेको बताउँदै सरकार सुरक्षाका लागि प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने समेत दाबी गरे । ‘हाम्रो पार्टीले बहुमत ल्याउँछ, चुनाव हुनु नै कांग्रेसको जित हो, हामीलाई जसले हारोस जितोस चिन्ता छैन, चुनाव हुनु नै हाम्रो जित हो, राष्ट्रको जित हो’, उनले भनेका छन् । २०६४ को निर्वाचनमा पनि आफ्नो पार्टीले हार्दैछ भन्ने कुरा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई थाहा हुँदाहुँदै पनि मुलुकले जित्ने देखेर चुनाव गरिएको उल्लेख गर्दै आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरे ।

माओवादी केन्द्रले चुनावको मुखमा एमालेसँग गठबन्धन असुरक्षित महशसपछि गरेको बताउँदै प्रधानले भने,‘अहिले गठबन्धन बन्नुको मुख्य प्रभाव भनेको नै ३ प्रतिशत थ्रेसहोल्ड हो, अर्को कुरा माओवादी केन्द्रले आफूलाई असुरक्षित महशुस गर्यो, र एमलेको सत्ता आशक्तले गर्दा यस्तो भयो।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बागलुङ । गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले…

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै…

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…