एनआरएनएको ११ औं युरोपेली क्षेत्रीय बैठक लक्जेम्बर्गमा सम्पन्न

स्पेन । गैर आवासिय नेपाली संघ (एनआरएनए)को एघारौ यूरोपेली क्षेत्रीय बैठक लक्जेम्बर्गमा सम्पन्न भएको छ । लक्जेम्बर्गमा भएको तयारी बैठकमा भावि रणनिती तथा आर्इपर्ने समस्याका बारेमा छलफल भएको थियो ।
११ औं यूरोप क्षेत्रीय बैठक जुलाई २०१८ मा गर्न बैठकमा छलफल भएको लक्जेम्बर्ग एनसीसी महासचिव बिमल बाबु उपाध्यायले बताए ।
यूरोप क्षेत्रीय सयोजक शिव कुमार बरुवाल, राष्ट्रिय समन्वय परिषद लक्जेम्बर्गका अध्यक्ष नारायण बाहदुर गुरुङ्ग, युरोप क्षेत्रीय उप–सयोजक एकराज गिरी, नेदरल्याण्डसका आइसीसी सदस्य नारायण आचार्य, लक्जेम्बर्गका आइसीसी सदस्य हरि बाहदुर खत्री, एनसीसी डेनमार्कका अध्यक्ष यामलाल सुबेदी,अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी लगायत राष्ट्रिय समन्वय समितिका कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो ।