Arna Beer

आज विश्व एड्स दिवस, विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी एड्स दिवस मनाइँदैछ । दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले शुक्रराज ट्रपिकल अस्पताल टेकू, परिसरका रेड रिबन पार्क स्थानपना गरेको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआईभी एड्स संक्रमितको संख्या ३२ हजार ७ सय ३५ रहेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको जनाएको छ ।

केन्द्रका निर्देशक डा.विकास लामिछानेकाअनुसार २० हजार २ सय ३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । सन २००५ देखी १६ सम्ममा विश्वव्यापी रुपमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या ४८ प्रतिशतले कमी आएको छ । नेपालमा पनि आशातीत रुपमा नयाँ संक्रमितको संख्यासँगै मृत्युदर पनि घटेको छ ।

एचआईभी एड्ससम्बन्धी जनचेतना जगाउने, एड्सविरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बामपन्थी गठबन्धनको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्ने दावी गरेका छन् ।…

नुवाकोट । पञ्चकन्या गाउँपालिका–५ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ । शुक्रबार सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक लगत्तै…

काठमाडौं । केन्द्रीय सरकारमा मन्त्रालयको टुंगो लागेको छ ।  केन्द्रमा के कति मन्त्रालय राख्ने सम्बन्धमा वाम दलबीच अन्ततः १७ मन्त्रालयमा…