चुनावको मुखमा नारायणकाजी अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठकाे स्वास्थ्यमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालमा उपचार भइरहेकाे छ ।

श्रेष्ठको छाती र घाँटीमा समस्या उत्पन्न भई सिकिस्त बनेपछि उपचारका लागि ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएका श्रेष्ठकाे चुनावी दाैडधुपका कारण घाँटीसम्बन्धी पुरानै समस्या बल्झिएको चिकित्सकहरुको भनाई छ ।

श्रेष्ठको किष्ट अस्पतालको बेड नम्बर ७३१ मा उपचार भइरहेको छ । बुधबार अस्पताल भर्ना हुनुभएका श्रेष्ठलाई अझै चारपाँच दिन अस्पतालमै बस्न चिकित्सकहरुले सुझाब दिएका छन् ।

यसअघि स्वाइन फ्लुबाट बिरामी पर्नु भएका श्रेष्ठलाई चिकित्सकले धेरै नबोल्न सुझाएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ‘सत्यसेवा सुरक्षणम् ।’ नेपाल प्रहरीको मूलमन्त्र । प्रहरीको काम नै सुरक्षा दिनु । तर प्रहरीले जनताको सुरक्षा गर्दा…

काठमाडौं । सरकारले विभिन्न ५ वटा विधेयक संघीय संसदमा पेश गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रालयका…

बैतडी । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार…

विराटनगर । एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तारको तयारी भइरहेको बताउनु भएको छ ।…

एजेन्सी । नासाले अाइतबार सूर्य छुने एेतिहासिक  सानाे कार अाकारकाे एक यान प्रक्षपण गरेकाे छ । पार्कर साेलार प्राेब नाम…

रुपक कुलाल काठमाडौँ । वारी काठमाडौं, पारी भक्तपुर । साँधसीमाना भएर बगेको छ– मनोहरा खोला । खोलाको छेउछाउ ठिकैको बस्ती…