यसरी सुरू भयो योमरी पुन्ही संस्कृति

मार्ग शुक्ल पुर्णिमालाई नेवार समुदायले योमरी पुन्हीको रूपमा हर्षोल्लासका साथ मनाएका छन् । चामलको पीठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाँदा चिसो सहन गर्ने क्षमता बढ्ने विश्वास नेवार समुदायमा छ । ज्यापु दिवसकोसमेत मान्यता पाएपछि झन् धुमधाम हुन थालेको योमरी पुन्ही पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बन्दै गएको छ ।

योमरी पुन्ही नेवार समुदायको विशेष पर्वको रुपमा प्रसिद्ध छ । केही वर्षयता ज्यापू दिवसको रूपमा पनि मनाइ“दै आएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले चार सय वर्ष अगाडि सूर्य उत्तरायण हुने दिन माघ १ गतेबाट मार्ग शुक्ल पूर्णिमामा सारेर योमरी पुन्ही मनाउन थालेको बताइन्छ ।

चामलको पीठोबाट बनेको विशेष परिकारमा चाकु राखेर बनाइन्छ, योमरी । मार्ग शुक्ल पूर्णिमाको दिन योमरी खाए शरीरमा जाडो सहन गर्ने शक्ति बढ्ने विश्वास पनि गरिदै आएको छ ।

योमरी पुन्हीका दिन नयाँ अन्न राखिएको भकारी एवम् भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो-सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने प्रचलन रहिआएको छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास रहेको छ ।

योमरी पुन्हीका दिन परम्परागत नेवारी भेषभुषामा सजिएर युवायुवतीहरू रमाइलो गर्ने चलन समेत विकास हुन थालेको छ । योमरी बनाउँदा चामलको पीठोमा तातोपानी हालेर मुछेपछि डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ ।

किम्वदन्तीअनुसार पाञ्चाल देशका सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जनको श्रीमतीले ब्राह्मणरूपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारेर राखेको योमरी खुवाएपछि धनसम्पत्ति वृद्धि भएको र योमरी खाएका कारण शरीरसमेत हृष्टपुष्ट भएकाले त्यही बेलादेखि नेवार समुदायमा योमरी पुन्ही संस्कृतिको विकास भएको बताइन्छ ।

अण्डाकारको स्वरूपमा आइसकेपछि पीठोभित्र विशेष प्रकारले बनाइएको चाकु र तिलको मिश्रण राखिन्छ । यसरी बनाइएको योमरी बाफले मात्रै पकाइन्छ । आजकल योमरी खाने र हेर्नेहरूको भीड पनि उत्तिकै देखिन थालेको छ ।

तिहारमा देउसी-भैलो खेलेझैँ टोल–टोलका घर–घरमा गएर युवायुवतीले गीत गाउँदै योमरी माग्ने प्रचलनसमेत छ । योमरी मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । चामलको पीठोबाट बनाई बाफले मात्रै पकाइने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ ।

किम्वदन्तीअनुसार पाञ्चाल देशका सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जनको श्रीमतीले ब्राह्मणरूपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारेर राखेको योमरी खुवाएपछि धनसम्पत्ति वृद्धि भएको र योमरी खाएका कारण शरीरसमेत हृष्टपुष्ट भएकाले त्यही बेलादेखि नेवार समुदायमा योमरी पुन्ही संस्कृतिको विकास भएको बताइन्छ ।

नेवार संस्कृतिमा योमरीको विशेष महत्व छ । धनसम्पत्ति वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हीका दिन सबैले योमरीसहित विभिन्न देवी-देवताको पूजा गरी दान गर्ने चलन छ । बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म योमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ ।

जन्मदिनमा बच्चालाई वर्ष अनुसार योमरीको माला लगाइदिने चलन छ । योमरी पुन्हीका दिन विभिन्न मठमन्दिरमा मेला लाग्ने गर्छ । यसदिन बनेपाको धनेश्वर मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरू पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा विहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…