सञ्जयको शरणमा विमलेन्द्र निधि, राजेन्द्र महतोलार्इ रघुवीरको साथ

धनुषा । धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामसिंह यादवको उम्मेदवारी परे पनि तुलनात्मक रुपमा कमजोर उम्मेदवारका रुपमा आंकलन गरिएको छ ।

धनुषा ३ बाट विमलेन्द्र निधि लगातार दुईपटक जित्न सफल भएका छन् । एकपटक धनुषा ४ बाट उनी विजय भएका थिए । धनुषा ४ मा कृष्णप्रताप मल्लसँग पराजित भएपछि उनले क्षेत्र परिवर्तन गरेका थिए ।

विकास बेच्दै निधि

निधि धनुषाबाट सबैभन्दा बढीपटक मन्त्री भएका नेता हुन् । पछिल्लोपटक सडक निर्माणमा उनले निकै प्रशंसा बटुलेका छन् । त्यस क्षेत्रमा विकास पुरुषका रुपमा उनलाई स्थानीयवासीले प्रचारप्रसार गरिरहेका छन । तर प्रत्येक वर्ष उनको जितको मार्जिन घट्दै जानु पनि चिन्ताको विषय बनेको छ ।

पहिलो संविधानसभाको चुनावमा एमाले नेता हरिदेव मण्डलसँग करिब दुई हजारको मतान्तरले विजय भएका निधि २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेकी जुली महासेठसँग एक हजार ४९३ मतको मतान्तरले विजयी भएका थिए ।

यसपालिको चुनावमा वामपन्थी गठबन्धनले कमजोर उम्मेदवारलाई उठाएको मतदाता बताउँछन् । रामसिंह यादव सो क्षेत्रका लागि नयाँ अनुहार मात्रै होइन, जनताको प्रत्यक्ष राजनीतिमा समेत नौलो अनुहार मानिन्छन् ।

स्रोतका अनुसार रघुवीर महासेठ र राजेन्द्र महतोबीच गठबन्धन देखिएको छ । महासेठले नेता महतोलाई सहयोग गर्ने आन्तरिक तयारी भइरहेको बताइएको छ । महतो सर्लाहीमा जित्न सक्ने अवस्था नदेखिएपछि धनुषा आएका अन्य दलले आरोप लगाएका छन् ।

लालकिशोरको अलोकप्रियता महतोलार्इ भारी

महतोलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अलोकप्रियताले पनि समस्या गरिरहेको छ । हाल जेलमा रहेका सञ्जय साहका नजिकका व्यक्तिले पनि निधिको पक्षमा भोट मागिरहेकाले विजय हात पार्न धेरै नै कसरत गर्नुपर्ने हुनसक्छ ।

महतो धनुषामा पहिलोपटक चुनाव लड्न आए पनि सर्लाहीबाट दुईपटक सांसद भइसकेका हुन् । उनी दुईपटक त्यही जिल्लाबाट पराजित भएका थिए ।

दोस्रो संविधानसभा चुनावमा पराजित भएपछि महतो जिल्ला छोड्ने मानसिकता बनाएका थिए । कयौँपटक उनी पनि मन्त्री भइसकेका छन् ।

बाहिर निस्कनै सकेनन्

दुवै नेताले जित आफ्नो पक्षमा पार्न आफ्नो क्षेत्र बाहेक अन्य कुनै क्षेत्रमा जान सकेका छैनन् । महतो प्रतिस्पर्धी नहुँदा निधिलाई त्यति गाह्रो थिएन तर उहाँको उम्मेदवारीले कडा प्रतिस्पर्धा हुने आँकलन सबैले गरिरहेका छन् ।

धनुषा ३ मा मुस्लिम मतदाताको पनि महत्वपूर्ण भूमिका हुने भएकाले त्यो मत तान्न पनि दुवै नेताको जोडतोड छ ।

स्रोतका अनुसार रघुवीर महासेठ र राजेन्द्र महतोबीच गठबन्धन भएको र महासेठले नेता महतोलाई सहयोग गर्ने आन्तरिक तयारी भइरहेको चर्चामा आएको छ ।

यस्तो छ स्थानीय तहको मत

स्थानीय तहको चुनावमा धनुषा निर्वाचन क्षेत्र नम्बरमा ३ मा पाँच लाख ८८ हजार ८७२ मतमध्ये ३ को ‘क’ मा ३३ हजार ६६१, ३ को ‘ख’ मा २५ हजार ३११ मत खसेको थियो ।

उपमहानर प्रमुख र गाउँपालिका अध्यक्षमा राजपालाई ‘क’ मा ४३ सय ८० र ख मा ८७ सय ९२ गरी १३ हजार १७२ मत प्राप्त भएको थियो भने नेपाली कांग्रेसलाई ‘क’ मा १० हजार ९२८, ‘ख’ मा सात हजार तीन सय ८ मत गरी १८ हजार १३१ मत आएको थियो ।

यसैगरी एमालेको ‘क’ मा नौ हजार ९५९, ‘ख’ मा दुई हजार ६८४ गरी १२ हजार ६४३, संघीय समाजवादी फोरमको ‘क’ मा तीन हजार ११०, ‘ख’ मा ९९८ गरी चार हजार १०८, माओवादी केन्द्रलाई ‘क’ मा एक हजार ६६१, ख मा ७८१ गरी दुई हजार ४४२ मत प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गणेश आचार्य दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको निर्वाचन मार्फत जनताले भारतलाई ठुल्दाइ मान्नेहरुलाई अस्वीकार गरेको…

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ।…

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी…

कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी रेशम चौधरीका वारेसलाई निर्वाचन जितेको प्रमाणपत्र दिइएन । निर्वाचन आयोगाबाट उम्मेदवार…

काठमाडौँ । समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमालेले फराकिलो अग्रता बनाइरहेको छ । गणनाको सुरूवातमा कांग्रेससँग करिब १० हजारको मात्रै अग्रता…

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर…