भेडा, भेडासँग बाख्रा बाख्रासँग मिले जस्तै हो वाम एकताः दाहाल (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एउटा मात्रै कम्युनिष्ट पार्टी बनाउने संकल्प अनुरुप माओवादी केन्द्र र एमालेबीच एकता हुन लागेको बताउनुभएको छ ।

जनता टेलिभिजनसँगको कुराकानीमा अध्यक्ष दाहालले अब देशलाई स्थायित्व दिन स्थिर सरकार आवश्यक रहेको र त्यसका लागि कम्युनिस्टहरुको एकता जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘एमालेसँग कांग्रेस र माओवादी सँग पनि कांग्रेसको एकता कल्पना पनि गर्न सकिँदैन । आखिरीमा भेडा भेडासँग र बाख्रा बाख्रासँगै मिल्छ भने जस्तै कम्युनिस्टहरुकै एकता हुनेभयो ।’

अध्यक्ष दाहालले पहिलो संविधानसभाको निर्वाचन अगावै पार्टी एकता गर्न पटक पटक छलफल भएको भए पनि एमाले र माओवादीमा आ–आफँै ठूला हौँ भन्ने मनोगत विश्लेषणका कारण पार्टी एकता हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो संविधान सभा निर्वाचन अगाडि ५५ प्रतिशत दिन्छु भनेर म माधव नेपालकोमा गए कै हो । नभए उहाँलाई सोध्नु ।’

थप कुराकानीका लागि याे भिडियाे हेर्नुस्ः

 

प्रतिक्रिया दिनुहोस्