Arna Beer

इपिएल क्रिकेटः ललितपुर पेट्रियट्सले छान्यो चार खेलाडी

काठमाडौँ । इपिएल क्रिकेटमा सहभागी ललितपुर पेट्रियट्सले ट्यालेन्ट हन्टबाट चारजना खेलाडी छनोट गरेको छ । सहभागी १ सय ५ खेलाडी मध्येबाट ललितपुरले चार खेलाडीको टुङ्गो लगाएको हो ।

इपिएल क्रिकेटमा सहभागी ललितपुर पेट्रियट्सले ट्यालेन्ट हन्टबाट चार जना खेलाडी छनोट गरेको हो । इपिएलको नियमअनुसार एक खेलाडी छनोट गर्नुपर्ने भएपनि ललितपुर पेट्रियट्सले ट्यालेन्ट हन्टबाट चार जना खेलाडी छनोट गरेको हो ।

छनोट हुने खेलाडीमा काठमाडौंका प्रतिश जिसि, बिपिन आचार्य, राजबिराजका सुमित झा र बिराटनगरका रित गौतम रहेका छन् । ट्यालेन्ट हन्टमा सहभागी १ सय ५ जना खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरिएको थियो ।

दोस्रो, चरणमा छनोटमा भएका ३१ जनालाई मुलपानी मैदानमा अभ्यास खेलमा सहभागी गराएर अन्त्यमा ४ जना छनोट गरिएको टोलीका प्रशिक्षक राजु बस्नेतले जानकारी दिए ।

चारै जनालाई टोलीसँगै अभ्यासको मौका दिइने भएपनि अन्तिम टोलीमा भने एकजनालाई मात्र समावेश गरिने ललितपुर पेट्रियट्सले जनाएको छ ।

युवा खेलाडीले राम्रो अवसर पाएकाले सदुपयोग हुनेमा ललितपुर पेट्रियट्का अध्यक्ष किशोर महर्जन विश्वस्त छन् । छनोट चार खेलाडीसहित ललितपुर पेट्रियट्सले आगमी मंसिर २६ गतेदेखि अभ्यास गर्दैछ ।

नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको पेट्रियट्सले ३ अन्तराष्ट्रिय खेलाडी पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बामपन्थी गठबन्धनको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्ने दावी गरेका छन् ।…

नुवाकोट । पञ्चकन्या गाउँपालिका–५ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ । शुक्रबार सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक लगत्तै…

काठमाडौं । केन्द्रीय सरकारमा मन्त्रालयको टुंगो लागेको छ ।  केन्द्रमा के कति मन्त्रालय राख्ने सम्बन्धमा वाम दलबीच अन्ततः १७ मन्त्रालयमा…