नेपालद्वारा युएर्इलाई २ सय २२ रनको चुनौति

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपालले युएईसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईको शेख जायद क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको हो । आजको खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले अर्धसतक बनाएका छन् । ८३ बल खेलेका ज्ञानेन्द्रले ६ चौका प्रहार गर्दै ५४ रन बनाउँदा शरदले ७५ रन बनाए ।

यस्तै कप्तान पारस खड्काले २०, दिलिप नाथले १६ रन बनाए । सातौं चरणको पहिलो खेलमा युएइबिरुद्ध आज अलराउण्डर दिपेन्द्रसिह ऐरी,करण केसि र सागर पुन टोलीमा छ्रैनन ।च्याम्पियनसिपबाट डिभिजन टु मा घटुवा भइसकेको नेपाल र युएईबीचको खेल दुवै टोलीको लागि प्रतिष्ठाको मात्र हो ।

गत महिना भएको छैटौं चरणको खेलमा हङकङ एक खेलमा हार र अर्को खेलमा अंक बाडेपछि नेपाल डिभिजन टु मा झरेको थियो । च्याम्पियनसिपबाट दुवै टोली विश्वकप छनोटमा समेत पुग्न असफल भएपछि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने युएई अन्तिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गणेश आचार्य दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको निर्वाचन मार्फत जनताले भारतलाई ठुल्दाइ मान्नेहरुलाई अस्वीकार गरेको…

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ।…

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी…

कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी रेशम चौधरीका वारेसलाई निर्वाचन जितेको प्रमाणपत्र दिइएन । निर्वाचन आयोगाबाट उम्मेदवार…

काठमाडौँ । समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमालेले फराकिलो अग्रता बनाइरहेको छ । गणनाको सुरूवातमा कांग्रेससँग करिब १० हजारको मात्रै अग्रता…

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर…