निर्वाचनको अघिल्लो दिन सेयर बजारमा उल्लेख्य सुधार

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन बुधबार सेयर बजारमा दोहोरो अंकले बढोत्तरी भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११ दशमलव ६७ अंकले बढेर परिसूचक १ हजार ५ सय ३६ दशमलव ५४ विन्दुमा पुगेको छ । यो दिनको कारोबारमा ठूला कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अंकले बढेर ३ सय २३ दशमलव ६७ विन्दुमा रोकिएको छ ।

कारोबारको सुरुवातदेखि नै बढेको बजारमा १ सय ६६ कम्पनीको १२ लाख ७१ हजार कित्ता सेयर ६९ करोड २६ लाख २० हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । व्यापार समूहको परिसूचक २ दशमलव ४५ अंकले घटेको छ । यस्तै बैंकिङ समूहको ८ दशमलव ३, होटेल २८ दशमलव ९,विकास बैंक २३ दशमलव ९५, हाइड्रो ३२ दशलमव १, वित्त ७ दशमलव ७२, बिमा ६८ दशमलव ६३, अन्य १ दशमलव ७३ र माइक्रोफाइनान्स समूहको २४ दशमलव ५८ अंकले बढेको छ ।

यो दिनको कारोबारमा शिखर इन्स्योरेन्सको ६ करोड ४० लाख, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ५९ लाख, प्राइम लाइफ इन्सोरेन्सको प्रमोटर सेयर ३ करोड ३२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गणेश आचार्य दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको निर्वाचन मार्फत जनताले भारतलाई ठुल्दाइ मान्नेहरुलाई अस्वीकार गरेको…

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ।…

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी…

कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी रेशम चौधरीका वारेसलाई निर्वाचन जितेको प्रमाणपत्र दिइएन । निर्वाचन आयोगाबाट उम्मेदवार…

काठमाडौँ । समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमालेले फराकिलो अग्रता बनाइरहेको छ । गणनाको सुरूवातमा कांग्रेससँग करिब १० हजारको मात्रै अग्रता…

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर…