प्रसारण लाइनको तार चुँडिदा राजधानीका केही भाग अन्धकार

काठमाडौँ । बिजुलीको तार चुँडिएपछि बुधबार राति राजधानीको केही भाग अन्धकार भएको छ। बुधबार राति ९ बजेदेखि राजधानी नयाँबानेश्वर, ललितपुर, भक्तपुरसहितका भूभागमा बत्ती अवरूद्ध भएको हो ।

लामो समयदेखि नगएको बत्ती निर्वाचनको अघिल्लो राति गएपछि उपभोक्ता र सर्वसाधरणले फरक फरक जिज्ञासा समेत सामाजिक सञ्जालमा गरेका थिए ।

यसैबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत तार चुँडिएका कारण बिजुली अवरूद्ध भएको जनाएका छन् ।

उनले भक्तपुर–बानेश्वर लाइनको तार चुँडिएका कारण ललितपुर र भक्तपुर क्षेत्रमा विद्युत् आपुर्तिमा समस्या आएको जनाएका हुन् । उनले केही समयमा सुचारू हुने बताए पनि ९ बजेदेखि गएको बत्ती यो समाचार तयार पार्दासम्म सुचारू भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गणेश आचार्य दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको निर्वाचन मार्फत जनताले भारतलाई ठुल्दाइ मान्नेहरुलाई अस्वीकार गरेको…

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ।…

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी…

कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी रेशम चौधरीका वारेसलाई निर्वाचन जितेको प्रमाणपत्र दिइएन । निर्वाचन आयोगाबाट उम्मेदवार…

काठमाडौँ । समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमालेले फराकिलो अग्रता बनाइरहेको छ । गणनाको सुरूवातमा कांग्रेससँग करिब १० हजारको मात्रै अग्रता…

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर…