दाङमा नेता हमालसहित १०५ कांग्रेस कार्यकर्ता प्रहरीको नियन्त्रणमा

दाङ । तुलसीपुर उपमहानगरपालिकाबाट प्रहरीले नेपाली कांग्रेसका एकजना नेतासहित ४० जनालाई बुधबार राति नियन्त्रणमा लिएको छ ।

राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिको अध्यक्ष सुरेश हमालसहित १०५ जनालाई मौन समयमा मतदातालाई प्रभावित पार्दै हिँडेको अवस्थामा प्रहरीले तुलसीपुर–१ भमकेबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सुधीर शाहीले जानकारी दिएका छन् ।

कांग्रेसबाट प्रदेशसभामा टिकटका लागि दाबी समेत गरेका शाहीसहित तरुण दले क्षेत्र नम्बर ५ का सभापति ललितजङ्ग पाण्डेलाई पनि नियन्त्रणमा लिई तुलसीपुरस्थित सशस्त्र प्रहरीको क्याम्पमा राखिएको छ ।

पक्राउ पर्नेमध्ये एकजना युवा संघ तुलसीपुर वडा नम्बर ८ का अध्यक्ष एकराज भण्डारी पनि रहेका छन् । भमकेबाटै १०५ जना भन्दा धेरै पक्राउ परेको जनाउँदै प्रहरीले उनीहरुले मतदाता प्रभावित पार्न पैसा बाँड्नेसहितका विभिन्न गतिविधि गरेको जनाएको छ ।

निर्वाचन आयोगले तोकेको मौन अवधि जारी रहेका बेला देशका विभिन्न स्थानमा मतदातालाई पैसाको प्रलोभनमा पार्ने कोशिश भइरहेका घटना सार्वजनिक भइरहेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नारायण भण्डारी/ स्थलगत अवलोकनबाट फर्केर काठमाडाैं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा खस्ने पहिरोका कारण गण्डकी तथा धौलागिरिक्षेत्रकै जनजीवन प्रभावित भएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…