दोस्रो चरणको निर्वाचन सुरुः ४ हजार ४८२ उम्मेदवार मैदानमा 

काठमाडौं । दोस्रो चरणमा बिहीबार प्रतिनिधि र प्रदेश सभाका लागि मतदान सुरु भएको छ । दोस्रो चरणमा हुन लागेको निर्वाचनमा ४५ जिल्लामा मतदान सुरु भएको छ ।

४५ जिल्लामा भएको निर्वाचनमा प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा निर्वाचन सुरु भएको हो । यस्तै प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ सहित ४ हजार ४ सय ८२ उम्मेदवार रहेका छन् ।

समानुपातिकतर्फ प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० पदमा पाँच हजार ८ सय ३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् ।

निर्वाचनका लागि सात हजार ७ सय ५२ मतदानस्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्रमा एक करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मतदान गर्ने अनुमान गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…

काठमाडौं । सरकारले भदौ १ गतेदेखि लागू गर्न लागेको मुलुकी (देवानी संहिता) ऐन, २०७४ मा रहेका विभिन्न दफा बालअधिकारको सिद्धान्तविपरीत…

५ महिना बितिसक्दा पनि छायाँ सरकारको स्वरुपसमेत सार्वजनिक गर्न सकेको छैन । झण्डै सातदशक अस्थिरतापछि पार्र्टीहरुले चाहँदा देशमा राजनीतिक स्थिरता…

काठमाडौं । www.janatasamachar.com (जनता समाचार डटकम) ले आफ्नो प्रोमो सार्वजनिक गरेको छ । हरपल समाचार र विचार निर्भिक ढंगले प्रस्तुत…

काठमाडौं । ‘सत्यसेवा सुरक्षणम् ।’ नेपाल प्रहरीको मूलमन्त्र । प्रहरीको काम नै सुरक्षा दिनु । तर प्रहरीले जनताको सुरक्षा गर्दा…