धनुषामा राजेन्द्र महतोलाई वाम गठबन्धनकाे समर्थन

काठमाडौैं । दोस्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनुषा–३ मा अप्रत्यासीत सहमति भएको छ ।

मतदान सुरु हुनुभन्दा १२ घण्टा अगाडी वाम गठबन्धनले आफ्नो समर्थन राजपाका उम्मेदवार राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ ।

धनुषा–३ बाट वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवलाई मधेसी गठबन्धनका उम्मेदवार राजेन्द्र महतोको पक्षमा लाग्ने र आफ्ना कार्यकर्ताहरुलाई प्रतिनिधि सभामा मधेसी गठबन्धनको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

बुधबार राति जनकपुरमा भएको दुवै पक्षको बैठकमा भएको सहमति अनुसार उक्त निर्देशन जारी भएको हो । जनकपुरमा राजपाको तर्फबाट मेयर लालकिशोर साह र वाम गठबन्धनका उम्मेदवार माओवादी नेता रामसिंह यादवबीच भएको दुई घण्टा लामो बैठकपछि वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गर्ने सहमति जनाएका थिए ।

स्थानिय स्तरमा सहमति भएपछि काठमाडौंमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रिय सचिवालयको बैठकले धनुषा–३ को प्रतिनिधि सभाका लागि मधेसी गठबन्धनको पक्षमा मतदान गर्न निर्देशन जारी भएको हो ।

जारी विज्ञप्तिमा मधेसी जनताको हक अधिकारको लागि निरन्तर संघर्ष गर्ने र देशको एक परिवर्तनकारी शक्तिको नेतृत्वदायी भूमिकामा रहेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई समर्थन गर्न आफ्ना समस्त कार्यकर्ता र समर्थकहरुलाई निर्देशन दिएको उल्लेख गरिएको छ ।

नेकपा एमालेले पनि आन्तरिक सर्कुलर जारी गर्दै परिवर्तनका संवाहक, मधेस आन्दोलनका अगुवा नेता राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको पक्षमा मतदान गर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नारायण भण्डारी/ स्थलगत अवलोकनबाट फर्केर काठमाडाैं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा खस्ने पहिरोका कारण गण्डकी तथा धौलागिरिक्षेत्रकै जनजीवन प्रभावित भएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…