कुनै सुरक्षा चुनौती छैन: प्रहरी

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै सुरक्षा चुनौती नदेखिएको जानकारी दिए ।

उनले भने,‘प्रहरीले मजबुतरुपमा शान्ति सुरक्षा मिलाएको छ । मतदानका लागि मतदाता ढुक्क भएर लाइनमा बस्नुभएको छ । कहीँकतै समस्या आए तत्काल प्रहरी पुग्छ । कुनै समस्या छैन ।’

कहीँकतै समस्या परे तत्काल शान्ति सुरक्षाको प्रबन्ध मिलाउने गरी हेलिकप्टर तम्तयार हालतमा राखिएको छ । निर्वाचन हुन लागेका जिल्लालाई हेर्ने गरी नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत तम्तयार राखिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालित छन् । कहीँकतै समस्या आए र देखिए तत्काल सुरक्षा निकायमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले शान्ति सुरक्षामा समस्या आए पाँच मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुग्ने गरी विभिन्न स्थानमा सुरक्षाकर्मी व्यवस्थित तवरले परिचालन गरिएको जनाएको छ ।

शान्ति सुरक्षामा कुनै सम्झौता नगरिएको जानकारी दिँदै प्रहरी प्रवक्ता न्यौपानेले कुनै शंकास्पद वस्तु देखिए वा अवाञ्छित गतिविधिको सूचना प्राप्त भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे ।

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका छन् । प्रहरीले बम भनी हल्ला गरिएका शंकास्पद वस्तु अधिकांश बम नभएको जनाएको छ । काठमाडौँको नैकापमा बिहान फेला परेको शंकास्पद वस्तु पनि पटका मात्रै रहेको उनले जानकारी दिए ।

निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । यस्तै, निर्वाचन हुने जिल्लामा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

कुनै घटना भइहाले १० देखि ३० मिनेटभित्र जुनसुकै स्थानमा सुरक्षाकर्मी पुग्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५७८ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बारा । जीतपुर सिमरा उपमहानगरपालिका˗१७ अन्तरगत रहेको स्वास्थ्य चौकी जैतापुरमा कार्यरत सिनियर अहेव एवम् स्वास्थ्य चौकी सहइञ्चार्ज रामनरेश यादव संस्थाको…

मितिः २०७५ कात्तिक १ गते विहीबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना…

काठमाडौंं । महाअष्टमीका दिन बुधबार मुलुकभरका शक्तिपीठ र देवीस्थानमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती…

प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैंं सबैको घरआगनमा आइसकेको छ । दशैं नेपालको सवैभन्दा लामो समय सम्म मनाइने चाड हो…

मितिः २०७५ असोज ३१ गते बुधबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…