अर्घाखाँचीमा मतपेटिका फुटाइयो, मतपत्र च्यातियो, मतदान स्थगित

सम्झना ज्ञवाली
अर्घाखाँची । मतदान अधिकृतले हस्ताक्षर नगरी मतदान गराएको भन्दै दलका प्रतिनिधिले विरोध जनाएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित एउटा केन्द्रमा मतदान स्थगित भएको छ ।

सन्धिखर्कस्थित मथुरा निमावि ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतले १३२ वटा मतपत्रमा हस्ताक्षर नगरी भोट हाल्न लगाएपछि विवाद हुँदा मतदान स्थगित भएको हो ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीको हस्ताक्षरविना १३२ जनाले मतदान गरेको थाहा पाएपछि स्थानीयबासी विरोधमा उत्रिएका थिए ।
विरोधमा उत्रेका स्थानीयबासीले मतपेटिका फुटाएर मतपत्र समेत च्यातेका छन् भने मतदान केन्द्रका फर्निचर पनि भाँचेका छन् ।

निर्वाचन अधिकृत रामचन्द्र पौडेलका अनुसार स्थानीयबासीले मतदान केन्द्र तोडफोड गरेपछि मतपत्र, मतेपटिका र अन्य निर्वाचन सामग्रीसहित निर्वाचन टोलीलाई कार्यालयमा फिर्ता बोलाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…

काठमाडौं । सरकारले भदौ १ गतेदेखि लागू गर्न लागेको मुलुकी (देवानी संहिता) ऐन, २०७४ मा रहेका विभिन्न दफा बालअधिकारको सिद्धान्तविपरीत…

५ महिना बितिसक्दा पनि छायाँ सरकारको स्वरुपसमेत सार्वजनिक गर्न सकेको छैन । झण्डै सातदशक अस्थिरतापछि पार्र्टीहरुले चाहँदा देशमा राजनीतिक स्थिरता…

काठमाडौं । www.janatasamachar.com (जनता समाचार डटकम) ले आफ्नो प्रोमो सार्वजनिक गरेको छ । हरपल समाचार र विचार निर्भिक ढंगले प्रस्तुत…

काठमाडौं । ‘सत्यसेवा सुरक्षणम् ।’ नेपाल प्रहरीको मूलमन्त्र । प्रहरीको काम नै सुरक्षा दिनु । तर प्रहरीले जनताको सुरक्षा गर्दा…