राजधानीका मतदान केन्द्रमा बम विस्फोट गराउने छ जना पक्राउ (नामावलिसहित)

काठमाडौं । नेपाल प्रहरीले विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छ नेता तथा कार्यकर्तालाई काठमाडौं उपत्याकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन बिथोल्न काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थान र उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने योजनामा संलग्न रहेका प्रहरीले जनाएको छ ।

उपत्यकाका विभिन्न स्थानमा विस्फोट गराउने उद्देश्य रहेकामा उनीहरुको गिरफ्तारीले उक्त योजना विफल भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर लामिदमारका रवि गोले, सिन्धुली, कयानेश्वर–९, मोक्तानडाँडाका सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, मकवानपुर, हेटौँडाका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रे, मादन कुँडारी गाउँपालिका–८, चौरी देउरालीका विगेश लामा, नुवाकोट, लिखु नगरपालिका थानापतिका राजीव तामाङ र दोलखा, तामाकोशी गाउँपालिका–५ का रोशन विष्ट रहेका छन् ।

एक थान पेस्तोल र विस्फोटक पदार्थसहित उनीहरुलाई बुधबार प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरु उम्मेदवारलाई लक्षित गर्दै यसअघि भएका विस्फोटका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका हातहतियार तथा विस्फोटक पदार्थ संकलन, भण्डारण तथा विभिन्न स्थानमा विस्फोट गराएको तथा विस्फोटनको योजना बनाएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गणेश आचार्य दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको निर्वाचन मार्फत जनताले भारतलाई ठुल्दाइ मान्नेहरुलाई अस्वीकार गरेको…

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ।…

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी…

कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा विजयी रेशम चौधरीका वारेसलाई निर्वाचन जितेको प्रमाणपत्र दिइएन । निर्वाचन आयोगाबाट उम्मेदवार…

काठमाडौँ । समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमालेले फराकिलो अग्रता बनाइरहेको छ । गणनाको सुरूवातमा कांग्रेससँग करिब १० हजारको मात्रै अग्रता…

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायण मरासिनी विजयी भएका छन् । यसअघि नेपाली कांग्रेसले निरन्तर…