पाल्पामा ६० प्रतिशत मत खस्यो

सुनिल कार्की
पाल्पा । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरण जारी मतदान अन्तर्गत पाल्पामा ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत शंकरराज बरालका अनुसार ६० प्रतिशत मत खसेको छ ।

बिहीबार बेलुकी १२ बजे सम्म क्षेत्र नम्बर २ को र शुक्रबार बिहान ७ बजेसम्म र क्षेत्र नम्बर १ का सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आउने मुख्य निर्वाचन अधिकृत बरालले बताए । उनका अनुसार शुक्रबार बिहान ८ बजे राजनीतिक दलसंगको बैठकपछि बिहान ११ बजेदेखि मतगणना शुरु हुने जानकारी दिए ।

जतता टेलिभिजनका पाल्पा सहकर्मी सुनिल कार्कीसँगको कुराकानीमा उनले पाल्पा दरबारमा मतगणना गर्ने जानकारी दिए । दलिय प्रतिनिधिलाई टाढा राखेर मतगणना गरिने जानकारी दिए ।

स्थानिय तहको निर्वाचन लगत्तौ प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन भएकाले स्थानिय तहमा भन्दा यस पटक कम मत खस्ने उनको आंकलन थियो ।

१ लाख ८१ हजार २ सय ५५ मतदाता रहेको पाल्पामा १ सय १८ मतदान स्थलका २ सय २६ मतदान केन्द्र रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा स्थानिय तहको निर्वाचनमा ७४ प्रतिशत मत खसेपनि यस पटकको चुनाबमा कम मत खस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्